Butwal Sandesh

Best Nepali Online Newspaper

अनौठो मन्दिर जहाँ पुजा गर्दा आर्शिवाद नभई श्रा´प पाइन्छ

Spread the love

काठमाडौं – हामिले मन्दिरमा भगवानसँग आर्शिवाद लिन पुजा गर्ने गर्छौ । कुनै काम गर्नुअघि काम पुरा हुने विश्वासका साथ भगवानको आर्शिवाद लिने गरिन्छ । त्यसैले मन्दिरमा पनि भगवानसँग आर्शिवाद लिन भक्तजनहरुको भीड लाग्ने गर्छ ।

पिडाबाट मुक्ति पाउन, सुख, शान्ती र समृद्धि पाउन मानिसहरु मन्दिर जान्छन् । हामिले मन्दिर भन्ने बित्तिकै आर्शिवाद लिने बुझ्छौ । तर यस्तो मन्दिर छ जहाँ, श्राप पाइन्छ ।

भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा एक शिवको मन्दिर रहेको छ । उक्त मन्दिरमा कसैले पुजा गर्दैनन् । किनकी त्यस मन्दिरमा पुजा गरेमा श्राप मिल्ने गर्छ ।

त्यहाँका मन्दिर बनाएर राखे पनि श्राप लाग्ने डरले मानिसहरु त्यहाँ जादैनन् । त्यहाँ शिवको मन्दिर बनाएर राखेको भएपनि अहिलेसम्म त्यहाँ शिवको प्राण प्रतिष्ठा गरिएको छैन ।

मानिसहरु मन्दिर हेर्न टाढाबाट आउछन् । तर पुजा गर्दैनन् । हथिया देवाल नाम राखिएको यो मन्दिर निकै चर्चित पनि छ । यहाँ चट्टानलाई फोरेर शिव लिंगको निर्माण गरेका थिए ।

खासमा मन्दिर बनाउने मुर्तिकारले शिवलिंग गलत दिशामा स्थापित गरेकाले त्यहाँ पुजा नगरिएको बताइन्छ । गलत दिशामा शिवलिंग ाखिएकोले पुजा गरे दोष मानिएको छ । पुजा गरे दुख कष्ट हुने पनि बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *