Butwal Sandesh

Best Nepali Online Newspaper

तिजको ब्रतमा यस्तो विधी अपनाएर गरेको शिवको आराधनाले मनले चाहेको आकान्क्षा पुरा हुनेछ

Spread the love

हिन्दू धर्मावलम्बी महिलाहरुले मनाउने महान चाड हरितालिका पर्वहाे । हरेक वर्ष भाद्र शुक्ल पक्षकाे तृतीय तिथिमा मनाउने भएकाले पनि यसलाई तीज भनेर भनिएकाे हाे । तीजमा भगवान शिवकाे आराधना गर्नुका साथै नाचगान गरेर मनाेरञ्जन समेत गर्ने परम्परा रहिआएको छ । महिलाहरुले स्वतन्त्र तरिकाले मनाउने तीज अन्य धर्म र जातजातिका महिला हरुले पनि मनाउने गर्दछन ।

हरेक पर्वमनाउनुका पछाडी कुनै न कुनै धार्मिक विषय र त्येसकाे महत्व लुकेकाे हुन्छ । हरित +अलिका = हरितालिका अर्थात अनिच्छित विवाह नहाेस भन्नकालागि सतीदेवीका साथिहरुले रहण गरि हरियाली जंगलको बिचमा रहेकाे गुफामा लगेर लुकाएर राखेकाे समयमा पनि बालुवाकाे शिवलिङ्ग बनाई व्रत बसेर शिवजी प्राप्त गरेकाे महिमा शिवपुराणमा उल्लेख गरिएको छ ।यसवर्ष शास्त्रमा उल्लेख भएअनुसार जसरी पार्वतीलाई उनका साथिले लुकाएर राखेका थिए त्येसैगरी अहिले सरकारले गरेकाे बन्दका कारण एक अर्कासंग लुकेर बस्नुपर्ने अवस्था आएकाे छ ।

शास्त्रमा उल्लेख भएअनुसार व्रत र उपासनाकाे छुट्टाछुट्टै व्याख्या गरिएकाे छ । पार्वतीले महादेव स्वामी पाउँ भनेर बसेकाे व्रत नै कठाेर व्रत हाे । केही नखाएर बसिने व्रत हाे भने शुद्ध,चाेखाे खाएर बस्ने उपाशना हाे । तिजकाे समयमा पानी पनि नखाएर बस्ने नै उत्तम व्रत हाे । विवाहित तथा अविवाहित दुबैले व्रतबस्न पाउने विधान रहेकाे छ ।

मनाेवान्क्षित फल प्राप्ति हाेस भनी व्रतबस्ने नियम शास्त्रमा उल्लेख गरिएको छ । पार्वतीकाे कठाेर व्रतकाकारण चिताएकाे कुरा पूरा भएकाे दिन भाद्र शुक्ल तृतीय तिथि भएकाले साेही दिन नारीहरुले उत्सवकारुपमा मनाउने चलन पाैराणिक कालदेखि चल्दै आएकाे छ ।

अहिले सरकारले नागरिकको सुरक्षाका लागि निशेधाज्ञा जारीगरेकाे छ । कुनै पनिमानिस अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ ।

यस्ताे अवस्थामा आफूबसाेबाँस गरेकै स्थानमा तीजको पुजा तथा व्रतवस्नुपर्ने बाध्यता रहेकाे छ । यस्ताेसमयमा आफूबसेकै स्थानमा दियाे,कलश, गणेश स्थापना गरेर मध्यभागमा शिवजी स्थापना गरेर विधिवत् षाेढसाे पचारले पुजा गर्नुपर्ने विधान उल्लेख गरिएको छ ।

शिवजी लाई दूध,दही,घ्यू, सखर र महले स्नान गरिसकेपछि वस्र जनै सहित फूलमाला बेलपत्र चढाएर पुजागर्न सकिने विधान रहिआएको छ । शास्त्रमा उल्लेख भएअनुसार पनि पार्वतीले पनि जंगलमा बसेरै शिवजीलाई प्रसन्न गराईएकाे प्रसङ्गले पनि शिवजीलाई केहि साममन नभएपनि शुद्ध जलचढाएमा पनि शिवजी खुसीहुने उल्लेख गरिएको छ ।

लेखक रिजाल दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन सम्पर्क ९८५१०६११२४ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *