Butwal Sandesh

Best Nepali Online Newspaper

सुनिताको अमेरिका, बेलायत र नेपालमा छायांकन गरिएको तीज गीत ‘जुममा हेरेर’ को चौतर्फी चर्चा

Spread the love

काठमाडौँ । कोरोना कहरकाबिच हिन्दुहरुको महान पर्व हरितालिका तीजको रमझम यो वर्ष खासै भएन । तर गीत संगीतमा सक्रिय कलाकाहरुले भने कोरोनाको जोखिमबाट बच्दै यो वर्ष सावधानी अपनाएर तीज मनाउन भन्दै एक स्नदेशमूलक भिडियोहरु बजारमा ल्याइरहेका छन् । जसमध्येको एक चर्चित गीत हो गायिका सुनिता दुलालको स्वरमा रहेको गीत ‘जुममा हेरेर’ ।

बजारमा अघिल्ला वर्षहरुमा जस्तो तीजका गीतहरु कमै मात्रामा गुन्जिएका बेला सुनिताको सन्देश मुलुक तथा छमछम नचाउने तीज गीत जुममा हेरेर सार्वजनिक गरे लगत्तै राम्रो चर्चा पाइरहेको गीतका निर्देशक बेलायत निवासी कुशल श्रेष्ठले जानकारी दिए ।

गीतमा अमेरिका निवासी रोजा ओलीको शब्द, सुनिल मास्केको संगीत रहेको गीतको भिडियोमा भगवती तिमल्सिना, काव्या श्रेष्ठ, रश्मिता दर्लामी, दिपिका श्रेष्ठ, आस्था जोशी, रोश्ना कार्की, रिमा कंडेल, स्वस्तिका लोहनी, अस्तिक कंडेल, दिपक थापा मगर लगायतको अभिनय रहेको छ ।

दिलु थापाको नृत्य निर्देशन रहेको गीतको छायांकन र सम्पादन समेत निर्देशक श्रेष्ठले नै गरेका हुन् । कोभिडले तीजलाई समेत असर गरिरहेको सन्दर्भमा निर्देशक श्रेष्ठले समय सापेक्ष एवं संदेश मुलक भिडियो निर्माण गर्न पाउँदा आफु उत्साहित रहेको बताए । निर्देशक श्रेष्ठले बेलायतबाट चलचित्र एवं म्युजीक भिडियो गरी दुई दर्जन भिडियो निर्माण गरिसकेका छन् । भिडियो बेलायत, अमेरिका र नेपालमा छायांकन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *