नायक पल शाह तिजको बेला बा´ढी प´हिरो पी¥डितलाइ राहत लिएर गए कालिकोट
अभिनेता पल शाहले चलचित्र र म्यूजिक भिडियो करिअरसँगै सामाजिक सेवामा आफूलाई अगाडि बढाइरहेका छन् । पहिलेको लकडाउनको समयमा चलचित्र प्राविधिकहरुका लागि पाच लाख बराबरको खाद्यान्न उपलब्ध गराएका पल शाहले विभिन्न समयमा सामाजिक काम गर्दै आएका छन् ।,
‘लकडाउन खुलेपछि म्यूजिक भिडियोको काममा व्यस्त पल बुधबार भने कालिकोटतर्फ लागेका छन् । कालिकोटमा यसै साता गएको बाढी पहिरोका कारण ठूलो जनधनको नोक्सान भएको खबर सुनेपछि पल खाद्यान्न, लत्ता कपडा बोकेर त्यता लागेका हुन् । पल शाह प्रतिष्ठान र हाम्रो टिम नेपालको सहकार्यमा कालिकोटका ४० घर परिवारलाई सिरक,डसना, खाद्यान्न सामाग्री वितरण गरिनेछ ।,
‘नायक पल शाहले ताजाखबरसँग भने, हामी बुधबार काठमाण्डौबाट हिडेका हौं । कालिकोट पुग्दा शुक्रबार हुन्छ होला । त्यहाँबाट फेरि २ दिन हिड्नुपर्ने रहेछ । तर, स्थानिय बासिन्दाहरुसँग बिच बाटोमै भेट हुनेछ र उहाँहरुलाई हामी राहत वितरण गर्नेछौ ।,
‘पलले कालिकोटबाट आछाममा पनि जाने योजना रहेको बताए । उनले भने, सायद हामी कालिकोटमा राहत वितरण सकेर आछाम पनि जान्छौ होला । त्यहाँ पनि बाढी पहिरोले क्षती पुर्याएको भन्ने थाहा पाएका छौ । सामाजिक कार्यमा सक्रिय हुन थालेपछि पलले पल शाह प्रतिष्ठान, स्थापना गरेका हुन् । विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएपनि आफूहरुले काठमाण्डौबाट नै पास बनाएकाले कुनै समस्या नभएको पलले बताए ।, साभार : ताजा खबर