एसइईको नतिजा यसरि हेर्नुहोस सबै भन्दा सजिलो र निःशुल्क तरिका
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा सोमबार सार्वजनिक गरेको छ। आज बसेको बोर्ड बैठकले लकडाउनमा रोकिएको एसइई परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
एसइईको नतिजा हेर्न आफ्नो सिम्बोल नम्बर लेखि १६०० मा SMS गरि नतिजा प्राप्त गर्न सक्नुहुनेछ। (शुल्क रु. ५ कर सहित)
Ncell App डाउनलोड गर्नुहोस् र ब्यानरमा क्लिक गरि नतिजा नि:शुल्क हेर्नुहोस् ।
दशैंयता विद्यालय तथा विश्वविद्यालय नखुल्ने भएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काल विद्यालय खोल्ने स्थिति नभएको बताएपछि दशैंयता विद्यालय नखुल्ने स्पष्ट भएको हो ।
‘जोखिम बढेकाले विद्यालय तत्काल खोल्ने स्थिति छैन,’ डा. खतिवडाले मन्त्रिपरिषदको सोमबार बसेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भने, ‘जोखिम बढ्दैछ सावधानी अपनाउनुपर्ने हुन्छ ।’ उनले सकेसम्म घरबाहिर ननिस्कन पनि आग्रह गरे ।
यसअघि सरकारले १ भदौबाट विद्यालयको भर्ना शुरु गर्ने निर्णय गरेको थियो । भर्ना शुरु गर्ने निर्णयसँगै विद्यालयमा पठनपाठन हुनसक्ने भन्दै सक्रियता बढेको थियो । तर, सरकारका तर्फबाट पछिल्लो धारणासँगै विद्यालय दशैंयता नखुल्ने निश्चितप्रायः भएको छ ।