Butwal Sandesh

Best Nepali Online Newspaper

काठमाडौंमा फुटपाथ पसल, चियापसल देखि लिएर ब्युटी पार्लरसम्म बन्द गरिने

Spread the love

काठमाडौं वडा नम्बर १० बानेश्रर क्षेत्र मा पर्छ। यहा सबै फुटपाथ पसल र टोलटोलमा पुगी सामान बिक्री गर्ने व्यवसाय बन्द हुने भएका छन् ।

वडा कार्यालयले सूचना निकालेर वडा नम्बर १० भित्र फुटपाथ पसल सञ्चालन गर्न, कवाडी संकलनलगायत टोलटोलमा पुगी सामान बिक्री गर्न बन्द गरेको हो ।

त्यस्तै मठमन्दिरमा नित्य पूजाबाहेकका पूजापाठ गर्न, चियापसल, पानपसल, मदिरा भट्टी, जिम हल, पार्टी प्यालेस, सैलुन, ब्युटी पार्लर बन्द गरिने वडा कार्यालयले जनाएको छ ।

त्यस्तै टेक अवे बाहेकका होटल रेस्टुरेन्ट र अन्य भिडभाड हुने ब्यवसाय बन्द गर्न आह्वान गरेको वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय र महानगरपालिकाले निर्णय गरे पनि यी कतिपय व्यवसाय बन्द गर्न अटेरी भइरहेको भन्दै वडाध्यक्ष केसीले अब कडाइ गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *