Butwal Sandesh

Best Nepali Online Newspaper

एक हप्तापछि सुरु हुन गइरहेको एसईईकाे सबै तयारी पूरा, पाँच लाख परीक्षार्थी सहभागी हुने !

Spread the love

एक सातापछि शुरू हुने यस वर्षको एसईई परीक्षाको सबै तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस वर्षको परीक्षामा देशभरबाट जम्मा ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी सहभागी हुने भएका छन् । तीमध्ये नियमित (साधारण) तर्फ ४ लाख ५६ हजार ३ सय २९ र प्राविधिकतर्फ ९ हजार ५ सय ९ परीक्षार्थीले जाँच दिनेछन्, आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा नियन्त्रण कार्यालयका अनुसार ग्रेडवृद्धिअन्तर्गत साधारणतर्फ १६ हजार २ सय ४२ र प्राविधिकतर्फ १ सय ३९ परीक्षार्थी सहभागी हँुदै छन् ।

चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुने परीक्षामा सबैभन्दा बढी परीक्षार्थी बाग्मती र कम कर्णाली प्रदेशबाट छन् । बाग्मतीबाट १ लाख ३ हजार ६ सय ६७ र गण्डकीबाट ३६ हजार ४ सय ३६ सहभागी हुँदै छन् ।

प्रदेश–१ बाट ८४ हजार ५०, २ बाट ७३ हजार ९ सय ८८, गण्डकीबाट ४७ हजार ३ सय ९९, ५ नम्बर प्रदेशबाट ८१ हजार ७ सय र सुदूरपश्चिमबाट ५४ हजार ९ सय ७९ परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षामा १ हजार ९ सय ९४ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिनुभयो। गत वर्ष १ हजार ९ सय ६९ केन्द्र थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *