Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना स*ङ्क्रमणबाट बुटवलमा थप एक जनाको मृ*त्यु

Spread the love

काठमाडौं। कोरोना भाइरस सङ्क्र*मणका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत बिरामीको मृ*त्यु भएको छ। तीन दिनअघि अस्पतालमा भर्ना भएका कपिलवस्तुका ४२ वर्षीय पुरुषको आज बिहान मृ*त्यु भएको अस्पतालले पुष्टि गरेको छ।

फोक्सोमा समस्या देखिएपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नेक्रममा मृ*त्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए।

उनको प्रारम्भिक पिसिआर रिपोर्ट नेगेटिभ आए पनि पुनः गरिएको परीक्षण रिपोर्ट भने पोजेटिभ आएको छ।

उनी अस्पताल आउँदा नै फोक्सोमा गम्भीर समस्या देखिएकाले आइसियुमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ।

अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा दुई र कोरोना विशेष अस्पतालमा २९ कोरोना स*ङ्क्रमितको उपचार भइरहेको प्रवक्ता गौतमले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *