Butwal Sandesh

Best Nepali Online Newspaper

जब राधाले बाँसुरीको धुन सुन्दा–सुन्दै आफ्नो शरीरलाई त्या´ग गरिन, तब भगवान श्री कृष्णले बाँसुरीलाई तोडेर झाडीमा फालिदिनुभयो

Spread the love

जब प्रेमको उदाहरण दिइन्छ तब श्रीकृष्ण र राधाको प्रेम प्रसंग सबैभन्दा पहिला आउँछ । राधा कृष्णको प्रेमलाई जीवात्मा र परमात्माको मिलनको रुपमा धर्मशास्त्रमा व्याख्या गरिएको छ ।

श्रीकृष्ण र राधाको बाल्यकाल देखिनै प्रेम थियो । श्रीकृष्ण जब ८ वर्षका थिए तब दुबै जनामा प्रेमको अनुभूति भएको थियो । राधा श्रीकृष्णमा दैवीय गुण थियो । उनीहरुले जिन्दगी भरी आफ्नो मनमा प्रेमको स्मृति बनाएका थिए । यो नै उनीहरुको सम्बन्धको सबैभन्दा राम्रो पक्ष हो ।

श्रीकृष्ण र राधाको मिलन हुन नसकेपनि श्रीकृष्णको बाँसुरीले उनीहरुलाई सधै एकै सूत्रमा बाधेको थियो । श्रीकृष्णको जतिपनि चित्रण पाइन्छन् त्यसमा बाँसुरी सबैमा देखिन्छ । जो राधासँगको प्रेमको प्रतीक थियो ।

कृष्णका कयौं लिला र राधासँगको प्रेमप्रसंग बारे कृष्ण चरित्रहरुमा उल्लेख गरिएको छ । त्यस्तै एक प्रसंग यहाँ उल्लेख गरिएको छ ।

राधालाई छोडेर रुक्मिनीसँग कृष्णको विवाह

भगवान श्रीकृष्णसँग राधा पहिलो पटक त्यतिबेला अलग भइन् जब मामा कंसले बलराम तथा कृष्णलाई आमन्त्रित गरेका थिए । वृन्दावनका मानिस यो खबर सुनेर निकै दुखी भएका थिए ।

मथुरा जानुभन्दा अघि श्रीकृष्णले राधासँग भेटेका थिए । राधा, कृष्णको मनमा चलिरहेको हरेक गतिविधीलाई थाहा पाउँथिन् । राधासँग विदा मागरे श्रीकृष्ण मथुरा गए ।

कृष्ण राधासँग प्रतिज्ञा गरेर गएका थिए कि उनी फर्किएर आउँनेछन् । तर मथुराबाट श्रीकृष्ण फर्किएर आएनन् । उनी राधाको नजिक भएनन् । विभिन्न परिवन्दका कारण कृष्णको विवाह पनि रुक्मणीसँग भएको थियो । रुक्मिनीले पनि श्रीकृष्ण पति पाउनका लागि निकै उपासना गरेकी थिइन् ।

श्रीकृष्णसँग विवाह गर्नका लागि उनी आफ्ना भाइ रुकमी विरुद्ध उभिएकी थिइन् । राधा जस्तै उनी पनि श्रीकृष्णसँग प्रेम गर्थिन् । रुक्मिनीले श्रीकृष्णलाई एक प्रेमपत्र पनि पठाएकी थिइन् । उनले आफूलाई लिएर जान श्रीकृष्णलाई आग्रह गरेकी थिइन् । पछि श्रीकृष्ण रुक्मिनीलाई लिन गए र विवाह गरे ।

राधाको मृ*त्यु

कृष्णले वृन्दावन छोडेसँगै राधाको वर्णन कम भएको थियो । राधा र कृष्णबीच जब अन्तिमपटक भेट भयो (कंस वध भन्दा अघि) तब राधाले कृष्णसँग उनी टाढा जान लागेको भएपनि आफ्नो मन कृष्णसँग हुने बताएकी थिइन् । यसपछि कृष्ण मथुरा गएका थिए ।

कंस र बाँकी राक्षसलाई मार्ने आफ्नो काम पूरा गरे । यसपछि आफ्नो प्रजाको रक्षाका लागि कृष्ण द्वारिका गए र द्वारकाधीशको नाममा लोकप्रिय भए ।

जब कृष्ण वृन्दावनबाट गएका थिए तब राधाको जिन्दगीले अलगै मोड लिएको थियो । राधाले आफ्नो दाम्पत्य जीवनको सबै प्रकृया निभाइन् र बुढी भइन् तर उनको मन त्यति बेला पनि कृष्णका लागि समर्पित थियो ।

राधाले पत्नीको रुपमा आफ्नो सबै कर्तव्य पूरा गरिन्, अर्को तर्फ श्रीकृष्णले आफ्नो दैवीय कर्तव्य निभाए ।

सबै कर्तव्यबाट मुक्त भएपछि राधा अन्तिममा आफ्ना प्रियतम कृष्णसँग भेट्न गइन् । जब उनी द्वारका पुगिन् उनले कृष्णको रुक्मिनी र सत्यभामासँग विवाह बारेमा सुनिन् तर उनी दुखी भइनन् ।

जब कृष्णले राधालाई देखे तब निकै खुसी भए । दुबैले इसाराको भाषामा एक अर्कासँग कुरा गरे । राधालाई कन्हैयाको नगरी द्वारिकामा कसैले पनि चिन्दैन थिए । राधाको अनुरोधमा कृष्णले उनलाई महलमा एक देवीको रुपमा नियुक्त गरेका थिए ।

राधा दिनभर महलमा बस्थिन् । उनी महलसँग सम्बन्धित काम हेर्थिन् ।

मौका पाउने वित्तिकै श्रीकृष्णलाई हेर्न पुग्थिन् । तर महलमा राधाले श्रीकृष्णको साथ पहिलाको जस्तो आध्यात्मिक आत्मियता महसूस गरिनन् । यसकारण राधा टाढा जान लागेकी थिइन् । उनले सोचिन् कि उनी टाढा गएर अर्कोपटक श्रीकृष्णसँग गहिरो आत्मीय सम्बन्ध स्थापित गर्न पाउनेछिन् ।

उनलाई थाहा थिएन की उनी कहाँ जाँदै छिन् । तर भगवान श्रीकृष्णलाई भने यो सबै कुरा थाहा थियो । समय वित्दै जाँदा राधा एक्लै परेकी थिइन् भने कमजोर भएकी थिइन् । त्यस समय उनलाई भगवान श्रीकृष्णको आवश्यकता परेको थियो । आखिर समयमा भगवान श्रीकृष्ण उनको अगाडि आए ।

कृष्णले राधासँग केही माग्न अनुरोध गरे तर राधाले माग्न मानिनन् । कृष्णले फेरि अनुरोध गरे त्यतिबेला उनले कृष्णसँग अन्तिमपटक बाँसुरी बजाएको देख्न चाहेको बताइन् । श्रीकृष्णले बाँसुरी लिए र निकै सुरीलो धुन बजाए ।

श्रीकृष्णले कयौं दिन–रात बाँसुरी बजाए, त्यतिबेलासम्म राधा आध्यात्मिक रुपमा कृष्णमा विलिन भएकी थिइन् । बाँसुरीको धुन सुन्दा–सुन्दै राधाले आफ्नो शरीरलाई त्याग गरेकी थिइन् ।

भगवान कृष्णलाई थाहा थियो कि उनको प्रेम अमर हो तर पनि कृष्णले राधाको मृ*त्युलाई स्वीकार गर्न सकेनन् ।

कृष्णले प्रेमको प्रतिकात्मक अन्त्यको रुपमा बाँसुरीलाई तोडेर झाँडीमा फालिदिए । त्यसपछि जीवनभर श्रीकृष्णले बाँसुरी या कुनै अन्य वादक यन्त्र बजाएनन् ।

धर्मशास्त्रहरुका अनुसार जब द्वापर युगमा भगवान विष्णुले श्रीकृष्णको रुपमा जन्म लिएका थिए तब लक्ष्मीले राधा रानीको रुपमा जन्म लिएकी थिइन् ताकि मृ*त्यु लोकमा पनि विष्णुको साथ रहन सकियोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *