करिना कपुर फेरि आमा बन्दै, दोस्रो सन्तानलाई स्वागत गर्दै करिना र शैफ
एजेन्सी–बलिउड कलाकार करिना कपुर र शैफ अलि खानले आफ्नो दोस्रो सन्तानका बारेमा खुलासा गरेका छन्। करिना र शैफ दम्पत्तीले आफ्नो परिवारमा नयाँ सदस्य आउन लागेको बताएका हुन्।
दर्शकलाई सम्बोधन गर्दै उनीहरूले सामाजिक सञ्जालमा लेखेका छन्,‘हामी हाम्रो परिवारमा थप सदस्य आउने कुरा बताउँदा निकै खुसी छौं। तपाईंहरूको प्रेम र साथको लागि धन्यवाद।’ करिनाले आगामी २०२१ को मार्च महिनामा दोस्रो सन्तानलाई जन्म दिने अनुमान गरिएको बताइएको छ।
नेपाली फिल्म हिरोबाट नेपाली फिल्म क्षेत्रका प्रवेश गरेकी नायिका रेखा थापा यति बेला सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन् । नायिका रेखा थापाकाे फ्यान भने निकै धेरै नै छन् । उनले गरेकाे हरेक क्रियाकलापमा दर्शकले साथ दिएका छन् ।
उनले नारी प्रधान फिल्म बनाएर नारीलाइ उच्च स्थानमा राखेकि छिन् । नेपाली फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी रेखाले निमार्ण गरेका सबै फिल्म नेपाली दर्शकले मन पराएका छन् ।
नायिका थापाले एक अनलाइमा अन्तर्वाता दिँदै पछिल्लो समय फिल्मनगरिमा चलिरहेको विवाद बारे बोलेकी छिन् । जीवन रहे फेरि दुसेमनी गरौला तर, अहिले मिलेर बसौं भनेर नायिका थापाले अनुरोध समेत गर्नु भएको छ ।
पछिल्लो समय मुलुकमा कोरोना संक्रमित बढिरहेको बेला घरमै बसेर नबोल्ने सँग पनि फोन गरेर बोलौ भन्दै नायिका थापाले अनुरोध गर्नु भएको छ ।
भिडियो हेरौ