Butwal Sandesh

Best Nepali Online Newspaper

लकडाउन खुलेपछिकै सबैभन्दा धेरै कोरोना आज भेटियो, सरकारले लियो यस्तो निर्णय (भिडियो)

Spread the love

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा एक सय २७ जनामा कोरोना भाइरसकाे स*ङ्क्रमण पुष्टि भएकाे छ ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले उपत्यकाका एक सय २७ सहित देशैभर पाँच सय २५ जनामा स*ङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयाे । काठमाण्डाैमा एक सय ११, ललितपुरमा ११ र भक्तपुरमा पाँच जना नयाँ स*ङ्क्रमित थपिएका हुन् ।

पछिल्ला दिन काठमाण्डौ उपत्यकामा कोरोना स*ङ्क्रमित भेटिने क्रम बढेको छ । उपत्यकामा समुदायस्तरमै कोरोना स*ङ्क्रमित भेटिने क्रम बढेपछि विज्ञहरुले थप सचेतता अपनाउनुपर्नेमा जोड दिइरहेका छन् ।

बाक्लो बस्ती, आर्थिक क्रियाकलाप तथा जो*खिम वर्ग धेरै भएकोले यहाँ कोरोनाको म*हामारी चर्को हुने भएकाले अहिले नै नियन्त्रणका लागि थप पहल आवश्यक रहेको विज्ञहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *