Butwal Sandesh

Best Nepali Online Newspaper

केटीसँग गफ गर्न पाए भात खानै बिर्सिन्थे कृष्णबहादुर (भिडियो सहित )

Spread the love

शनिवार मध्यराति राजधानीको गोङ्गबुमा ह*त्या गरिएका रोल्पाका ४१ वर्षीय कृष्णबहादुर बोहराको ज्या*न केटीप्रतिको अति आशक्तिकै कारण गएको हुनसक्ने बलियो तथ्य फेला परेको छ । टिभी अन्नपूर्णसंगको कुराकानीमा बोहराले करिब ९ महिना बिताएको गेस्ट हाउसका सञ्चालकले उनमा केटीसँग गफ गर्ने ल*त नै लागेको खुलासा गरेका छन् । बालाजु मित्रनगरस्थित नरसिंहधाम गेस्ट हाउसमा गएको मङ्सिरदेखि बस्दै आएका बोहरा जति बेला पनि केटीसँग फोनमा झुण्डिरहेका हुन्थे । गेस्ट हाउसका सञ्चालक दीपेन्द्र छतकुली भन्छन्–“ उहाँलाई केटीको फोन अति नै आउँथ्यो, खाना खाउन्जेल पनि फोन खाली हुँदैनथ्यो । हाम्रो अगाडि धेरै कुरा नगरी कोठामा गएर फोन गर्छु भन्नुहुन्थ्यो । ” एउटै गेस्ट हाउसमा करिब ७–८ महिनादेखि सँगै बस्दै आएका पोखराका आभास दाहाल बाहिर उनी आदर्शवान देखिने भएकाले केटीहरूसँगको सङ्गतबारे अनुमान गर्न नसकिने बताउँछन् । तर जति बेला पनि फोनमा केटीहरूसँगै कुरा गरिरहने बोहराको बानीलाई घ*टनासँग नजरअन्दाज गर्न नसकिने बताउँछन् ।

गेष्ट हाउसमा अन्तिम दिन
मृ*तक बोहरा अन्तिमपल्ट शनिबार साँझ सवा ५ वजे गेष्टहाउसबाट बाहिरीएका थिए । विहान ६ वजेतिर गएर ४ वजेतिर फर्किएका उनी सुकाएको लुगा झिकेर फेरि साँझ सवा ५ वजे बाहिर निस्किएका थिए । बेलुका खान खाने बेलामा फोन गर्दा स्वीच अफ रहेपछि कतै गएको हुनसक्ने अुनुमान गरे, होटल संचालकले । तर त्यसपछि उनी फर्किएर आएनन् । आफूले गोंगबू ह*त्याबारे समाचार सुने पनि ती ब्यक्ति कृष्णबहादुर हुन् भनेर तत्काल पहिचान गर्न नसकेको बताँउछन्, संचालक छतकुली । कृष्णबहादुरले दुई हप्ता अघि “मेरो५० लाख फ*सेको छ, त्यो मान्छे फेला परेको छ , म उसलाई भेट्न जान्छु, मेरो मोबाइलको स्वीच अफ पनि हुन सक्छ । यो महिनाको अन्तिमतिर पैसा तिर्छु” भनेका थिए । उनले दुई तीन दिन नआउन पनि सक्छु भनेका कारण थप खोजी नगरीएको होटल संचालकले बताए ।                                                  कस्ता थिए कृष्णबहादुर ?
सोह्रखुट्टेस्थित गार्मेण्टमा काम गर्ने बोहरा लकडाउन हुनुअघिसम्म विहानै गार्मेण्ट जाने र राति ८ वजेतिर फर्किन्थे । लकडाउन यता भने उनी खासै बाहिर निस्कदैनथे । कहिलेकाही बाहिर घुम्न निस्किए पनि नियमित कोठामा फर्किने गरेको गेष्ट हाउस संचालकको भनाई छ । उनलाई भेट्न गेष्टहाउसमा गार्मेण्टका पार्टनर निरज थापा र मनोज घिमिरे भन्ने दुई जनामात्र कहिले काहिं आउँथे । बोहराले जेठी श्रीमतीको मा*नसिक सन्तुलन विग्रिएपछि अर्की महिलासंग विबाह गरेका थिए । तर ओम शान्ति धार्मिक सम्प्रदायमा आबद्ध उनकी श्रीमती र चार छोराछोरी भने भारतमा रहेको बताएका थिए, उनले । धर्मकर्ममा विश्वास राख्ने, योग गर्ने बोहरा अरुलाई पनि आदर्शका कुरा सिकाउने गरेको संगै ६ महिना बिताएका आभाषको भनाई छ । लकडाउनअघि नियमित पैसा तिरेका बोहराको , त्यसयताको लगभग ४५ हजार रुपैयाँ तिर्न बाँकी रहेको गेष्ट हाउस संचालकले बताए । तर आफू उठाउनुपर्ने ५० लाखको नजीक पुगेको र ल्याएर तिर्ने बचन दिएका बोहरा फेरि फर्किएनन् ।

कहाँ पुग्यो अनुसन्धान ?
प्रहरीले ह*त्या गरेको आशं*कामा चितवनको माडी स्थायी घर भई टोखा नगरपालिका १० गोंगबू गणेशस्थान नजिकै बस्ने कल्पना शाहीलाई चितवनबाट नियन्त्रणमा लिएको छ । बोहराको ह*त्या भएको नवज्योति मार्गस्थित किरण बस्नेतको घरको तेस्रो तलामा बस्दै आएकी कल्पनाको कोठामा ह*त्या भएको अनुसन्धानले देखाएको छ । आफ्ना दुई छोराछोरीसंगै बस्दै आएकी कल्पना आईतबार साँझ ससुरा विरामी भएको भन्दै चितवन गएको छिमेकीहरुले जानकारी दिएका छन् । मृ*तकका मामाले श*वको सनाखत गरेसंगै होटलमा पुगेर नागरीकता प्राप्त गरेको प्रहरीले कल डिटेलका आधारमा कल्पनामाथि अनुसन्धान शुरु गरेको हो । कोठामै रहेका छोराछोरीसंगको लामो बयान र घ*टनास्थलमा देखिएको रगत र अन्य प्रमाणपछि प्रहरीले चितवनमा भाग्दै गरेकी कल्पनालाई प*क्राउ गरेको थियो । सोमबार एक्कासी प्रहरीले बस्नेतको घर घेरा हालेपछि स्थानीय अचम्मित बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *