रुसले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन माग बढ्यो, २० विभिन्न देशहरुले मगाए

एजेन्सी – रुसले विकास गरेको कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सिन ‘स्पुतनिक भी’ को माग ह्वात्तै बढेको छ । रुसको डाइरेक्ट ईन्भेष्टमेन्ट फण्ड (आरडीआईएफ) का प्रमुख किरिल दमित्रिवेले दिएको जानकारी अनुसार विभिन्न २० मुलुकहरुले भ्याक्सिनको माग गरेका हुन । ती मुलुकहरुमा ल्याटिन अमेरिकी, मध्यपूर्व र केही एशियाली मुलुकहरु पनि रहेका छन । दमित्रिवेका अनुसार केही मुलुकसँग सम्झौता पनि भैसकेको छ ।अधिक मात्रामा माग भैरहेको भ्याक्सिनको अधिक उत्पादन बारे दमित्रिवेले भने, “हामी हाम्रा सहयोगी मुलुकहरुसँग मिलेर विभिन्न ५ मुलुकमा भ्याक्सिन उत्पादनको काम गर्नेछौं । यसबाट हरेक बर्ष ५० करोड डोज तयार हुनेछ ।”

भ्याक्सिनको अधिक भन्दा अधिक डोज उत्पादन गर्ने विषयमा बोल्ने क्रममा किरिलले, गुणस्तरीय र सुरक्षित भ्याक्सिन ‘स्पुतनिक भी’ लगाएर मानवीय जीवन बचाउन विश्व समुदायलाई आग्रह पनि गर्न भ्याए ।रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्खोले बताए अनुसार भ्याक्सिनको असर दुई बर्षसम्म रहनेछ । अर्थात खोप लगाएको २ बर्षसम्म कोरोना सं*क्रमणबाट पूर्ण रुपमा सुरक्षित रहन सकिन्छ । रुसी उपप्रधानमन्त्री तात्याना गोविकोवाले बताए अनुसार यो भ्याक्सिन यही महिनादेखि चिकित्सकहरुलाई लगाउन सुरु गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *