१२ दिनमै कोरोनालाई जितेका सांसद यादव भन्छन् – दैनिक दुईवटा प्याज, २२ केसरा लसुन, बेसार खाए

काठमाडौं । संघीय सांसद प्रदीप यादवले कोरोनाभाइरसलाई जितेका छन् । कोरोनाभाइरसको सं*क्रमण देखिएपछि आइसोलेसनमा बसेका यादवको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो । उनले १२ दिनमै कोरोनालाई जित्न सफल भएका हुन् ।

उनले मंगलबार आफ्नो दास्रो कोरोना रिपोर्ट नेगेटिभ आएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । उनले घरमै आत्मअनुशासन क़ायम गरि सुरक्षित रूपले बसी डाक्टरको सल्लाह अनुसार गरेर कोरोनालाई जित्न सफल भएको बताएका छन् ।

उनले आफु अझै ७ दिन घरमै बस्ने बताएका छन् । उनले दैनिक दुईवटा प्याज, २२ केसरा लसुन, आधा चम्चा बेसार, एउटा कागती, कालो खुर्सानी र बिरेनुन मिक्सरमा पिसेर हरेक दिन तीनपटक खाएको पनि बताएका छन् ।

त्यस्तै उनले कोरोनालाई जित्नको लागि आफुले दैनिक तीन गिलास मह, कागती पानी खाएको र बिहान बेलुका जगिङ्ग गरेको पनि बताएका छन् ।

उनले कोरोना जितेपछि सामाजिक संजालमा भनेका छन्  ‘सामाजिक दुरी कायम गरौ अनावश्यक बाहिर नजाउ, मास्क र सनिटाईजर को प्रयोग गरौ, कोरोना लाग्दै मा भयभित न बनौ उच्चमनोबल राखी एकार्का प्रति माया सद्भाव राखेर स्वयम्अनुशासित भएर डाक्टरको सलाह बमोजीम नियमित कार्य गरौ ।’

उनी गएको १६ साउनमा वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालाको परीक्षणबाट कोरोना पुष्टि भएपछि आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् । – क्यानाडा नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *