भाइरल अर्जुन बिकलाई गायिका मेलिना राईसँग गीत गाउन अफर

काठमाडौं – केही दिन यता सामाजिक संजालमा भाइरल बनेका अर्जुन बिक आफ्नो श्रीमतीले दिएको बालविवाहको उजुरी मिलाएर आज काठमाडौं फर्किएका छन् ।

आफ्नी श्रीमतीले दिएको उजुरी मिलेपछि उनको र श्रीमतीको सम्बन्ध भने मिलाप हुन नसकेको बताएका छन् । अर्जुनले किरा गर्ने अपेक्षा गर्दागर्दै पनि उनकी श्रीमतीले कुरा गर्न नचाहेपछी उनीहरूको सम्बन्ध भने मिलाप हुन नसकेको बताएका छन् ।

आफू भाइरल बनिसकेपछी आफूलाई धेरै प्रेमप्रस्तावहरू आएको बताए,अर्जुनले कार्यव्यस्ततासँगै आफूले गीतसंगीतमा पनि काम गर्ने बताएका छन् । अर्जुनलाई मेलिना राइसँगै १५ जनाले गीत गाउन अफर गरेको जानकारी दिएका छन् ।

अर्जुनको श्रीमतीले छुट्ने निर्णय गरेपछि उनले आफ्नो लागि नभएपनी छोराको निम्ति दोस्रो विवाह गर्ने संकेत दिएका छन् ।

केहिदिन यतादेखि सामाजिक सञ्जालमा भाइरल भइरहेका कैलालीका अर्जुन विकले आफ्नै जीवन कहानीमा आधारित नयाँ गीत रेकर्ड गराएका छन् ।

राजधानीको सडकमा छोरालाई बोक्दै रिक्सा चलाइरहेका विकको जीवनमा नयाँ तरङ्ग आएको छ । सञ्जालमा छाएका अर्जुन राजधानीबाट कैलाली घर पुगेर फेरि राजधानी नै फर्केका छन् ।

उनको श्रीमतीपनि मिडियामा आएपछि आफू घर जान बाध्य भएको अर्जुन बताउँछ । अर्जुनले यसअघि पनि गीतसंगीतमा काम गरिसकेको रहेछ , उनी भाइरल भएसँगै अर्जुन फिचर्ड म्युजिक भिडियोले पनि बजारमा चर्चा पाएको थियो ।

एक सेल्फीका कारण रातारात चर्चामा आएका अर्जुनको सेल्फीलेनै जीवनमा खुसीको पल पनि ल्याइदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *