Butwal Sandesh

Best Nepali Online Newspaper

मुकुन्दले भेटाए प्रेमिका, मंसिरमा घरजम गर्ने तयारी ! (भिडियो)

Spread the love

काठमाडौ। मुकुन्द घिमिरेको एउटा भिडियो र तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनी अविवाहित हुन् । त्यसैले उनको विवाहको कुरा सामाजिक सञ्जालमा उठ्ने गरेको छ । हालै एक युवतीसंगको तस्बिर र भिडियोका कारण उनको प्रेमिका भन्दै टिप्पणी भएको छ । मकवानपुर स्थायी घर भएकी सर्मिला काठमाडौंमा बस्छिन् । उनी काठमाडौमा बालआश्रम सञ्चालक हुन्।

मुकुन्दसंग केही महिना अघि भेट भएको बताउने उनी आफुहरुबीच त्यस्तो केही सम्बन्ध नभएपनि समाजिक सञ्जाल प्रयोगकर्ताले त्यस्तो तस्बिर भाइरल बनाइदिएको बताउँछिन । तर कुराकानीकै क्रममा उनले दुवै जना अविवाहित भएका कारण त्यो कुरा सम्भव पनि हुन सक्ने बताउँछिन्। उनले आफुले दिल निसानी मगर, पुण्य गौतम लगायत भएको स्थानमा मुकुन्दसंग टिकटक बनाएको भिडियो सार्वजनिक भएको छ । जसमा उनले गरेका हाउभाउका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो।

उनले भनिन् सम्बोधन त अहिले मैले दाई नै भन्ने गरेकी छु । अहिले हामीबीच त्यस्तो केही सम्बन्ध छैन । तर हामी दुवै जना अविवाहित भएका कारण विवाह हुने कुरा नकार्न पनि सकिन्न । विवाह हुन सक्ने संकेत पनि गरिन् । सर्मिलाले त्यसो भनिरहँदा मुकुन्द भने मुसुमुसु हाँसिरहेको देखिन्छ । उनले सर्मिलालाई ठूलो मन भएको दिलदार भन्दै प्रशंसा गरेका थिए।

सामाजिक सञ्जालमा अरुका ब्यक्तिगत विषयलाई लिएर चर्चा गर्ने मुकुन्द र पुण्य गौतम उनीहरुले गरेका कृयाकलापका कहिले काही अरुका लागि समाचार बन्ने गर्छन । उनीहरुका ब्यक्तिगत कृयाकलाप पनि युट्युवरले पछ्याउने गरेका छन् । उनीहरुका यस्तै भिडियो सामाजिक सञ्जालमा चर्चा बन्ने गरेका हुन् । मुकुन्दसंग सर्मिलाका धेरै टिकटक पनि समाजिक सञ्जालमा भाइरल छन्।

सर्मिलालाई युट्युवरले तपाई विवाहित हो की अविवाहित हो भनेर प्रश्न गर्दा उनले आफु अविवाहित भनेर जवाफ दिन्छिन। यस्ता भिडियो भाइरल भएर परिवारले प्रश्न उठायो भने के गर्नुहुन्छ ? भनेर प्रश्न गर्दा उनले त्यस्तो भयो भने विवाह गर्ने भन्ने जवाफ दिन्छिन्। उनले भनिन् उहाँ पनि अविवाहित म पनि अविवाहित प्रश्न उठाए भने विवाह गर्ने, उनले जवाफ दिन्छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *