Butwal Sandesh

Best Nepali Online Newspaper

श्रीमान अ*पाङ्ग, उनको रगत फेरिरहनुपर्छ । `माया गरेर पाल्छु भनेर छोरी दिएको बाक्सामा पो…´

Spread the love

कोरोनाभाइरसको म*हामारीका कारण विश्वमा हवाई उडाउनहरु ठप्प भए । नेपालले पनि हवाई उडान बन्द गरेको थियो भने देशमा लकडाउन थियो । चितवनकी ३८ वर्षीया एक महिला असार ८ गते काठमाडौंस्थित त्रिभुवन विमानस्थल उत्रिइन् । सरकारले गरेको उद्धार उडानमार्फत आएकी उनलाई अरु महिलालाई भन्दा कठिन थियो ।

गर्भवती रहेकी उनको ९ औं महिना चलिरहेको थियो । विदेशी भूमिबाट निकै ठूलो दुःख कष्ठ सहेर आएकी उनी चितवनस्थित घर जान सक्ने अवस्था थिएन । काठमाडौंमा जानका लागि ठाउँ छैन र साथमा पैसा पनि छैन । काठमाडौं उत्रिएपछि उनी थप कमजोर बनिन् । सरकारी उद्धार मार्फत आएकालाई होल्डिङ सेन्टर(केही समय वा दिन बस्ने स्थान) को व्यवस्था गरिएको थियो ।

कहिँ जाने ठाउँ नभएपछि उनी शुरुमा बसुन्धारास्थित होल्डिङ सेन्टरमा पुगिन् । त्यहाँ पुगेपछि नेपाली सेना र नेपाल प्रहरीका व्यक्तिले उनलाई घर जान सुझाव दिए । तर घरको आर्थिक अवस्था अत्यन्त नै दयनीय र उनी पनि गर्भवती रहेपछि सेना र प्रहरीको समन्वयमा उनी आप्रवासी कामदार महिला समूह(आम्कास) नामक संस्थामा पुगिन् ।

त्यहाँ गएको केही दिनपछि उनलाई सुत्केरी बेथा लाग्यो । बेथा लागेपछि आम्कासका प्रतिनिधिले उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगे । अस्पताल लगेको तेस्रो दिन साउन ६ मा उनले सन्तान जन्माइन् । जन्माउनुको पी*डाका बीच सन्तानको माया कसलाइ हुँदैन र ? उनमा पनि त्यही मातृत्व भाव पैदा भयो ।

भरखर जन्मिएकी छोरीलाई चुमिन्… हर्षका आसु खसालिन् । छोरी जन्मिएपछि ज्यान आधा भएको अनुभव गरिन् । दुबइको तातोमा निकै कष्ठसँगै पेटमा रहेकी छोरीका लागि दुख गरेको स्मरण गरिन् । आशु खसालिन्…. छेउमै सुतेकी छोरीलाई हेरिन्…. दुःख पी*डा सबै भुलिन् ।

विदेशी भूमिको तातो र नौ महिनासम्म घरेलु कामदार भएर पाएको पी*डालाई पनि भुलिन् । जीवनमा सबैभन्दा दुःख परदेशी भूमिमा पाएपछि नेपाल फर्कने गरेको प्रयासलाई पनि छोरीको अनुहार हेर्दा उनले विर्सिइन् । तर…. छोरी जन्मनुको खुसीसँगै उनले आगामी दिन बारे सोचिन् । दुःखका आशु झरे ।

छोरीलाई खुवाउने जाउलो पनि छैन, न साथमा पैसा छ । उनको मन कुँडियो । छोरीको मायाले फेरि अंगालो मारिन् र रोइन् । तर त्यतिले पेट भरिँदैन । जीवन जिउन कति गारो छ भन्ने उनले दुबइको तातो घाममा भोगेकी थिइन् । अह… छोरीलाई यस्तो दुःख दिन हुँदैन । एक पेट खान पुग्ने हुनुपर्छ बरु मैले माया नै किन नगरु । उनी निष्ठुरी बनिन् ।

आफूलाई राखेको संस्थाका म्याडमहरुले ‘तिमी र तिम्री सानी छोरी यही बस’ भनेको सम्झिइन् । सँगै उनले चितवनमा रहेका पतिलाई पनि सम्झिइन् । पतिको रगत समय समयमा फेरिरहनुपर्छ । उनले आशु खसालिन् । एक दिन काम गरे तीन दिन बिरामी पर्छन् श्रीमान् ।

फेरि पनि जानु त चितवन नै छ ! मेला पात गरेर भएपनि बिरामी श्रीमानको छेउमै बस्न पाए ? उनले सोचिन् भरखर जन्मिएको सानी छोरीलाई फेरि हेरिन्… उधुम माया जाग्यो । निकै कोमल शरीरलाई गर्ल्याम्म अंगालो हालिन् । धेरै बेर रोइन् । उनका आँशु बग्न छोडे । सायद सकियो होला । दुख पनि कति…. बच्चालाई लिएर घर जाँउ एक पेट खाने कुरा छैन । ज्वानो, मरमसला सुत्केरी मान्छेले खाने रसिलो पोसिलो अह… केही छैन ।

कठोर बनिन्। सानीलाई नलिइ जाँदा ठिक हुन्छ उनले मनमनै सोचिन् । तर… मायाको टुक्रालाई कसैले माया गरेन भने ? त्यसपछि उनले संस्थाका म्याडमहरुलाई भनिन्,‘म जस्तै माया गर्ने आमा कोही छ भने दुई छाक खान पाउने ठाउँमा बस्ने ब्यवस्था मिलाइदिनु न !’ ‘तिमी पनि यही बस्ने नानीलाई पनि यही राख्ने’म्याडमले भनिन् ।

‘होइन मलाई त गाडी खुलेपछि र अलि ठिक भएपछि घर जानुछ’ त्यतिबेला सम्म छोरी यहीँ भइ भने मलाई धेरै माया लाग्छ, पछि छोड्न सक्दिन’। उनले कर गरिन् । आम्कासका ‘म्याडमहरुले’ बालगृह खोजे ।

फेला परिन् ‘केयर वालगृह’ की सञ्चालिका पुष्पा अधिकारी । संस्थाले अधिकारीसँग कागज गरेर बालिका हस्तान्तरण ग¥यो । ‘मैले छोरी जस्तै गरेर पाल्छु पिर नलिनु भनेकी थिइ’ आँशु झार्दै र भक्कानिँदै उनले भनिन् ,‘तर त्यो आइमाइले…..’

उनी पछ्यौरीले आँसु पुछ्न थालिन् । तपाइँलाई के भनेर छोरी दिनु भएको थियो ? उनी रुँदै गर्दा पत्रकारले प्रश्न सोध्छन् । ‘पाल्छु मैले जत्तिकै माया गर्छु भनेकी थिइ…. बाक्सा मा पो …’ उनी फेरि रुन थालिन् । ‘भनेपछि तपाईले नै छोडेर जानु भएको होइन ? तपाईले आग्रह गरेको रे अनि गरेको रे त?’ फेरि पत्रकारले प्रश्न गर्छन्

‘होइन । आफैले जन्माएको छोराछोरीलाई कसैले त्यसो गर्छ । मा*र्न खोज्छ त ?’ गला अवरुद्ध पार्दै उनले भन्छिन् । मा*र्ने नै भएको भए उतै(विदेश) मै मा*र्थे ।

उनी रुन्छिन्…. कति दुख पाएँ त्यहाँ… तीन पटक नेपाल आउन खाजेँ, सकिन । पेटभरी खान पाइन । घरेलु कामदार भएर बसेको थिएँ, ठूलो पेट विदेशी भूमि अरु कयौं दुख सहेर जन्माएको, मार्ने भए त पहिलै…..’ उनी बोल्न सक्दिनन् ।

‘छोरी जस्तै बनाएर पाल्छु भनेर लगेकी तर झाडीमा लगिछ’ त्यस्तो पा*पीलाई का*रबाही हुनु पर्दैन ? उनले प्रश्न गरिन् । आफ्नो ‘मुटुको टुक्रा’लाई बाक्सामा राखेर भिडियो भाइरल पारेपछि उनी झस्किइन् । आफ्नो छोरीलाई किन झाँडीमा छोडिन् ? उनलाई त्यसको पिर परेन ।

जिउँदै छ कि छैन ? एक मात्र पिर थियो । संस्थाका दिदीहरुलाई उनले कर गरिन् । छोरी लिन जान ।

कपनको आकाशेधारा स्थित वालगृहमा पुगेर आम्कासकी अध्यक्ष विजया राई र कार्यक्रम संयोजक जमुना गिरीले १८ साउनमा शिशु फिर्ता ल्याएका थिए । छोरी जिम्मा लगाएको ७ औं दिन उनले पुन छोरीलाई लिइन् । अँगालो मारिन्, चुमिन् । छोरी जिउँदै भएकोमा उनी हर्षित भइन् । संस्थाका दिदीहरुलाई धन्यवाद दिइन् ।

अझै पनि उनलाई छोरीको चि*न्ता छ । ‘छोरीलाई कसैलाई फेरि दिउँ भने यस्तो हुँदो रहेछ’ उनले भनिन् । तर पनि छोरीको भविष्य राम्रो बनाउनका लागि कसैले आफूले जत्तिकै माया गर्ने फेला पार्न पाए हुन्थ्यो भन्ने कामना उनको छ ।

सन्तान नभएका र भएर पनि सन्तानको चाहँ गर्ने कोही भए छोरी जिम्मा लगाएर गाउँ गएर दुख बिसाउने उनको योजना छ । तर… मान्छेहरुलाई कसरी विश्वास गर्ने ??

तस्वीर स्रोत : पूजा फिल्मस् नामक युट्युव च्यानलबाट लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *