Butwal Sandesh

Best Nepali Online Newspaper

शनिबार शनिदेवको उपासकले पालन गर्नुपर्ने ६ नियम जानी राखौं

Spread the love

शनिवार अर्थात भगवान शनिदेवको दिन । शनिबार न्यायका देवताको रुपमा मानिदै आएका शनिदेवको आराधना गर्नुपर्ने हिन्दू धर्ममा उल्लेख छ । ज्योतिष शास्त्रअनुसार कुण्डलीमा शनिदोष हुने ब्यक्तिले शनिवार शनिदेवको पूजा गर्नुपर्छ ।

शनिदेवलाई प्रसन्न पार्न कालो सामग्राी चढाउने गरिन्छ । यति मात्र होइन शनि दोष निवारण शनिबार केही चिज भुलेर पनि खान हुदैन ।

ज्योतिष शास्त्रमा शनिवार यस्ता चिज खादा नकारात्मक प्रभाव पर्ने उल्लेख छ । तसर्थ शनिदोष निवारण गर्न शनिदेवको उपासना गर्ने ब्यक्तिले शनिबार निम्न कुरामा ख्याल गर्नुपर्दछ ।

१. शनिबारका दिन माछामासुजन्य तामसि भोजन गर्नुहुँदैन ।
२. तामसि भोजनगर्दा शनिग्रहको नकारात्मक प्रभाव पर्दछ ।
३. शनिबारका दिन मदिराको सेवनगर्न पनि बर्जित रहेको छ ।
४. यस दिनमुसुरोको दालको प्रयोगलाई नकारात्मक मानिएको छ ।
५. शनिवारका दिन दुधको समेत सेवन गर्नु हुदैन । यसले काम भावना जागृत गर्दछ ।
६. शनिवार अचार या अमिलो चिज पनि खान वर्जित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *