Butwal Sandesh

Best Nepali Online Newspaper

अहिले युट्युबको शिर्ष स्थान ओगट्न सफल गित ‘बद्ला बरिलै’ को छायांकन यसरी भएको रैछ (भिडियो हेर्नुहोस् )

Spread the love

काठमाडौं । लोकप्रिय गायक एवं मोडल प्रकाश सपूतको नयाँ गीत अहिले चर्चाको शिखरमा रहेको छ । युट्युबको शिर्ष स्थान ओगट्न सफल उक्त गीतमा नायिका केकी अधिकारीको जीवन्त अभिनय देख्न सकिन्छ भने गीतमा चर्चित गायिका देवी घर्ती मगरको स्वर रहेको छ । गीतको शब्द संगीत सपूत आफैंले गरेका हुन् भने भिडियो निर्देशन पनि सपूतले नै गरेका हुन्  ।                                नेपाली समाजमा घट्ने घटनालाई भिडियो मार्फत जस्ताको तस्तै देखाइएको छ । नेपाली चेलीहरु कति असुरक्षित छन् भन्ने भिडियो हेरेर आकलन गर्न सकिन्छ ।  यो समाचार तयार पार्दासम्म भिडियोलाई युट्युबमा १८ लाख भन्दा धेरैपटक हेरिएको छ , १ लाख ४४ हजार लाइक र ३५ सय डिसलाइक सँगै १४ हजार भन्दा धेरै कमेन्ट आएको छ । कमेन्टमा धेरैले प्रकाश सपूतको मेहनतलाई खुलेर प्रशंसा गरेका छन् भने गायिका देवी घर्ती मगर र नायिका केकी अधिकारीको पनि उतिकै चर्चा छ  । भिडियोमा धुर्व कोइराला, हिउवाला गौतम, अर्जुन आचार्य, भद्र कुँवर, सन्ध्या गौतम बराल लगायतका कलाकारको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गीत र भिडियोको चर्चा चलिरहेकै बेला ‘बद्ला बिरलै’ गीतको सुटिङ रिपोर्ट पनि सार्वजनिक भएको छ । सुटिङ रिपोर्ट हेर्दा प्रकाश सपूत लगायत सबै टिमले धेरैनै मेहनत गरेको देखिन्छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *