Butwal Sandesh

Best Nepali Online Newspaper

मासु खान छोडनु भएमा, यी ६ फाइदा तत्कालै पाउनुहुनेछ

Spread the love

शाकाहारी भोजन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मासु खानेहरुमा भन्दा मासु नखाने मानिसहरुमा विभिन्न खाले रोगहरुको समस्या कम देखिने गरेको विभिन्न अध्ययन तथा अनुभवले देखाएका छन् । यदि तपाइँ मासु खानुहुन्छ र अबदेखि मासु छाडेर शाकाहारी बन्दै हुनुहुन्छ भने तपाइँले आफ्नो वजन घटाउने, मु*टुरोगको जो*खिम कम गर्ने जस्ता फाइदाहरु तत्कालै प्राप्त गर्न थाल्नुहुनेछ । मासु खान छाड्नुका ६ फाइदा यस्ता छन्ः

शरीर दुख्ने तथा सुन्निने स*मस्या कम हुनेछः मासु तथा अन्य प्रोसेस्ड फुडहरुले खाएको केही घण्टामै सरीरमा दुखाइ तथा सुन्निने स*मस्या पैदा गर्दछन् । मासुमा हुने एनिमल फ्याटसँगको प्रतिक्रियाका कारण हाम्रा रक्तधमनीहरु प्यारालाइज्ड हुन्छन् र धमनी खुल्ने क्षमता आधाले घट्दछ । त्यसो हुँदा फोक्सो फुलिन्छ । यस्तो फुलाई तथा दुखाइ भनेको सरीरको प्रतिरोधी प्रतिक्रिया हो ।

तर लामो समयसम्म यस्तो हुँदा मुटु सम्बन्धी रो*ग, म*धुमेह, अटोइम्युन डि*जिज तथा क्या*न्सर लगायतको जो*खिम हुन्छ । जबकी शाकाहारी खानेकुराहरु खासगरी वनस्पतीजन्य खानेकुराहरु दु*खाइ तथा सुन्नाई प्रतिरोधी हुन्छन् । यिनीहरुमा प्रसस्त मात्रामा फाइबर तथा एन्टीअक्सिडेन्ट हुनुका साथै सुन्निने तथा दुख्ने क्रियामा संलग्न बोसो तथा इन्डोटोक्सिनको मात्रा घटाइदिन्छन् ।

रगतमा कोलेस्ट्रोलको मात्रा घट्नेछः रातो मासु, कुखुराजन्य परिकार तथा चिज लगायतका एनिमल प्रडक्टहरुमा संतृप्त बोसो हुन्छ जसले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँदछ । कोलेस्ट्रोलको मात्रा बढ्दा मु*टुरोग, म*स्तिष्कघात जस्ता ख*तरा बढ्दछन् । मांशाहारी मानिसहरु शाकाहारी बन्दा रगतमा कोलेस्ट्रोलको मात्रा ३५ प्रतिशत सम्मले घट्ने विभिन्न अध्ययनले देखाएका छन् ।

टाइप टू मधुमेहको जो*खिम घट्नेः अध्ययन अनुसार प्राणीजन्य प्रोटिनको उच्च मात्राको सेवनले मधुमेह विकशित हुने दीर्घकालीन ख*तरा बढ्दछ । एनिमल फ्याट, मासुमा पाइने एनिमल बेस्ड आइरन तथा नाइट्रेट पि्रजर्भेटिभ्सले प्यांक्रियाजका कोशिकाहरु नष्ट गर्ने तथा इन्सुलिनको कार्यमै असर पूराउने गर्छन् जसले गर्दा टाइपू टू मधुमेहको जोखिम बढ्दछ ।

वजन नियन्त्रणः शाकाहारी मानिसहरुमा मोटोपनाको दर मासु खाने मानिसहरुमा भन्दा कम पाइएको छ । मासु खाने तथा शाकाहारीहरुले दिनहुँ खाने क्यालोरी खपत बराबर भएपनि मासु खानेहरु बढि मोटोपनाको सि*कार हुने गरेको पाइएको छ । यसको कारणमा मासु खानेहरुले वनस्पती प्रोटिन, बिटा क्यारोटिन, फाइबर, म्याग्नेसियम जस्ता तत्वहरुको खपत कम गर्दछन् र हा*निकारक बोसोको सेवन मात्र धेरै गर्दछन् । कम चिल्लो तर ताजा सागपात, फलफूल र अनाज सहितको स्वस्थ शाकाहारी भोजनले वजन नियन्त्रणमा सहयोग गर्दछ ।

विषाक्त पदार्थबाट बचिनेः हामीले खाने जनावरका मासुहरुमा विभिन्न खाले हर्मोन, किटनासक औषधि, एन्टीबायोटिक्स जस्ता दूषित पदार्थहरु पाइन्छ, जसले स्वास्थ्यमा नकारात्मक असर पार्दछ । कुखुरा, सुँगुर, भैँसी, माछा लगायतका मासुमा इ कोली, लिस्चेरिया, लगायतका विभिन्न खाले जिवाणु तथा घा*तक परजिवीहरु पाइन्छ । त्यसैले मासु नखानाले खानाबाट सर्ने विभिन्न खाले रो*गहरुबाट बच्न सकिन्छ ।

पृथ्वीकै वातावरण बचाउन योगदानः मानिस शाकाहारी बन्दा पृथ्वीको वातावरणमा विभिन्न खाले सकारात्मक प्रभाव पर्दछ । खानाका लागि जनावरको पालनले अहिले पृथ्वीको कुल भुभागको ३० प्रतिशत प्रयोग भएको छ । मासु खानकै लागि पालिने जनावरका कारण वनविनाश उच्च भैरहेको छ भने फडानी भएको जंगल क्षेत्रलाई चरिचरनमा बदलिएको छ ।

अध्ययन अनुसार एक ग्राम एनिमल प्रोटिन उत्पादन गर्न एक ग्राम वनस्पती प्रोटिन उत्पादन गर्नभन्दा १२ गुणा बढि जमिन, १३ गुणा बढि इन्धन तथा १५ गुणा बढि पानी चाहिन्छ । कुने मानिस मानिस मांशाहारीबाट शाकाहारी बन्ने हो भने उसले गर्ने कार्वन उत्सर्जन ५० प्रतिशतले घट्दछ । त्यसैले मासु खान छाड्दा जलवायु परिवर्तन, वनविनाश, प्रदुषण तथा श्रोतको अत्यधिक दोहन जस्ता नकारात्मक असरलाई कम गर्न सकिन्छ । – onlinekhabar बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *