Butwal Sandesh

Best Nepali Online Newspaper

बाँसका तामा खानुका यी फाइदा, खाएर हेर्नुस् महसुस गर्नुहुनेछ

Spread the love

बाँसको तामाको सुप तपाईले खानु भएको होला ? यो स्वादका हिसाबमा निकै मिठो हुन्छ । बासको तामा आलू, बोडीमा ग्रेवी वा सुपको रुपमा खानु भएको छ भने तपाईलाई यसको स्वाद थाहा हुन्छ ।

स्वादका हिसाबमा मात्र होइन स्वास्थ्यका हिसाबमा पनि तामा अत्यन्तै उपयोगी मानिन्छ । तर वाथ अथवा युरिक एसिडको समस्या छ भने तामा नखानुहोस् ।

बाँसको तामा खानुका फाइदा यस्ता छन्:

बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ।

बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्‍याउँछ।

पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ।

पिसाबमा सं*क्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ।

गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ।

ग्यास्ट्रिक र अल्सरका लागि पनि तामा राम्रो मानिन्छ।

नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ।

तामाले मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गर्छ। त्यसैले तामालाई मुटुको स्वास्थ्यमैत्री खाद्य परिकार मानिन्छ।

तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ।

आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी छ।

रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ।

फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ, बाँसको तामा।

श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *