Butwal Sandesh

Best Nepali Online Newspaper

जीवनभरकाे कमाइ खर्च गरेर घर बनाउदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्, सँधै लक्ष्मीको बास हुनेछ

Spread the love

जीवनभरकाे कमाइ खर्च गरेर निर्माण गरिने घरमा यदि सानाे विषयमा सा*वधानी अपनाउने हाे भने सकारात्मक उर्जामा वृद्धि हुन्छ र उक्त भवनमा बसाेवास गर्ने मानिस हरुकाे आर्थिक, सामाजिक तथा पारिवारिक हिसाबले उन्नति तर्फ अगाडि बढाउदछ । घर निर्माण गर्दा जग्गाको बनावट, घरकाे माेहडाका साथै घरभित्र लगाईने कलर लगाएका विषयमा सावधानी अपनाउनु पर्ने नियम वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।
घर निर्माणका क्रममा यी चार विषयमा सा*वधानी अपनाउन सकेमा वास्तुअनुसार नै गृह निर्माण पुराहुने वास्तुशास्त्री बताउँछन् ।

१. गृह निर्माणका क्रममा यदि दक्षिण पश्चिमी दिशा अर्थात नैरित्य काेणमा पर्ने गरि मेन ढाेका बनाउनु हुदैन । उक्त दिशामा मेनढाेका बनेकाे घरमा सकारात्मक उर्जा भन्दा नकारात्मक उर्जा धेरै हुनेहुदा सदैब उक्त घरमा पारिवारिक समस्या देखा परिरहन्छ । उक्त दिशा राहुकाे दिशा भएकाले मुद्दा मामिलामा परिने सम्भावना पनि रहिरहन्छ । वस्तुकाे नियम अनुसार नैरित्यकाे प्रवेश द्वार भनेकाे सात्क्षात कालकाे प्रवेशद्वार हाे भनेर उल्लेख गरिएको छ ।

२. गृह निर्माणका क्रममा यदि उत्तर पूर्व अर्थात् ईशान काेणमा यदि ट्वाईलेट बनाएमा पनि वास्तुअनुसार एकदमै हा*निकारक हुन्छ । यस्ताे दिशामा बनाईएकाे ट्वाईलेटका कारणले सदैब आर्थिक अ*भाव गराउदै जाने छ । लाेनकाे भार धेरै थपिनाले मानसिक त*नाव पनि हुन्छ । किन कि उक्त दिशा धनका राजा कुवेर भएकाले उनकै दिशामा पर्ने गरिबनाईएकाे ट्वाईलेट सदैब धन तथा स्वस्थ्यमा समस्या दायक हुने शास्त्रमा उल्लेख गरिएकाे छ ।

३. गृह निर्माणका क्रममा यदि दक्षिण पश्चिम अर्थात् नैरित्य काेणमा पानिकाे बाेरिङ या ईनार अथबा रिजर्भ पानी ट्याङ्की या सेप्टिट्याङ्की बनाएकाे अवस्थामा अहिलेसम्मको अनुसन्धानका क्रममा घर धनिकाे गृह निर्माण कै क्रममा अकस्मात् स्वस्थ्यमा स*मस्या आउने र अचानक मृ*त्युको सम्भावना हुने गरेकाे अनुसन्धानका क्रममा देखिएकाे छ । आर्थिक भार पनि उच्च बिन्दुमा पुग्ने वास्तु शास्त्री हरुले जानकारी गराएका छन् । त्येसैले भुलेर उक्त दिशामा यी कार्यहरु गर्नु हुदैन

४. गृह निर्माणका क्रममा यदि पुर्वाे उत्तर अर्थात् ईशान काेणमा सेप्टि ट्याङ्की बनाईयाे भने यकिन मान्नुहाेस उक्त घरमा पेटकाे राे´ग तथा क्या´न्सर लागेरै मानिसकाे मृ´त्युु हुने गरेकाे छ । कुबेरकाे निवास भूमि भएकाले पनि आर्थिक हिसाबले पनि अतिनै कमजाेर बनाउने वास्तु शास्त्रमा उल्लेख गरिएको छ ।

यी सामान्यभन्दा सामान्य विषयमा ध्यान दिएर गृह निर्माण गरेमा उक्त भवनमा बस्ने मानिसहरुलाई संसारका सबै खाले सुख भाेग गर्न पाउने छन् भनेर शास्त्रमा उल्लेख गरिएको छ।

लेखक रिजाल दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन ।

सम्पर्क ९८५१०६११२४

ईमेल rijal.suresh123[at]gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *