Butwal Sandesh

Best Nepali Online Newspaper

पुष्पा अधिकारीको केयर बालगृहबाट बालबालिकाको उद्धार

Spread the love

काठमाडौं। काठमाडौंको कपनस्थित केयर बालगृहबाट ११ जना बालबालिकाको उद्धार गरिएको छ । राष्ट्रिय बालअधिकार परिषदले बुधबार केयर बालगृहमा रहेका ११ जना बालबालिकाको उद्दार गरेको हो।

बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले कपनको चौरमा कार्टुनमा बे*वारिसे अवस्थामा बालिका भेटिएको भनिएको खबर ग*लत भएको पुष्टि भएपछि राष्ट्रिय बालअधिकार परिषदले बालगृहमा रहेका ११ बालबालिकाको उद्धार गरेको हो।

बूढानीलकण्ठ नगरपालिकाको महिला, बालबालिका एवं ज्येष्ठ नागरिक शाखा र वडा कार्यालयको रोहबरमा बालबालिको उद्धार गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी नविन कार्कीले जानकारी दिए । बालगृहबाट उद्धार गरिएका सबै ११ बालबालिकालाई सरकारको अस्थायी संरक्षण केन्द्रमा राखिएको जनाएको छ।

त्यसैगरी, सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो सं*क्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय सं*क्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको बताए । उनले भने, ‘अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।’सरकारले बिहीबारबाटै लागू हुने गरी काठमाडौं उपत्यका सहितका २ सयभन्दा बढी सं*क्रमित भएका जिल्लामा जोरविजोर प्रणाली लागू गर्ने पनि निर्णय गरिसकेको छ ।

अन्य समाचार : आज रातीबाट लकडाउन हुनसक्ने  नेपालमा कोरोनाको जो*खिम बढेसंगै पुन: लकडाउन गर्ने कि नगर्ने भन्नेबारे विज्ञहरुबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजाने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको जनस्वास्थ्यका बिज्ञहरु र सिसिएमसीका पदाधिकारी सहितको छलफलमा ओलीले बिज्ञहरुको सुझाव नै कार्यान्वन गरिने बताएका हुन् । छलफलमा स्वास्थ्य क्षेत्र, राजनीतिक क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरुहरु पनि उपस्थित थिए । करिब ४ घण्टा चलेको छलफलमा सहभागी अधिकांशले पुन: लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् ।

भने कतिपयले क*डा कदम चाल्दै कर्फ्यु नै लगाउनु पर्ने सुझाव दिएका थिए ।काठमाडौं लगायत देशका अधिकांश मुख्य शहरी क्षेत्रमा कोरोना सं*क्रमितको संख्या तिब्र रुपमा बृद्धि भईरहेकाले विज्ञहरुका सुझावलाई महत्वपूर्ण रुपमा लिँदै कार्यान्वयनमा लैजाने निष्कर्ष निकालिएको भन्ने स्राेतकाे जानकारी अनुसार पुःन लकडाउन हुनसक्ने अनुमान लगाउन सकिन्छ ।त्यसैबीच, वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले अहिलेसम्म कोभिड–१९ को सं*क्रमण रोगको रुपमा नदेखिएको तर समुदायस्तरमा फैलिँदै गए रो*गको रुपमा देखापर्न सक्ने बताउनुभयो । नेपाल समचारपत्र मा खबर छ ।

कोरोना रोकथामका लागि सरकारले गरेको कामलाई हेर्दा अबको केही दिनभित्रै सं*क्रमण रोगको रुपमा देखापर्ने निश्चित भएको उहाँको भनाइ थियो । इपिमिडियोलोजी तथा रो*ग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं सरु*वारोग विशेषज्ञ डा. बाबुराम मरासिनीले सं*क्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाइ गर्नुपर्ने र काठमाडौं उपत्यकासहित सीमा क्षेत्रमा रहेका बस्तीमा परीक्षणको दायरा बढाउनुपर्ने बताउनुभयो ।त्यस्तै, डा. प्रकाशराज रेग्मीले सामाजिक सन्जाल ट्वीटरमा पोष्ट गर्दै भन्नुभएको छ, ‘कोरोना आ*क्रामक भएको छ। धेरै लक्षणात्मक घ*टनाहरू बढसरहेका छन, मृ*त्युदर वृद्धि भइरहेको छ, त्यसैले कम्तिमा १४ दिनको लागि तुरुन्त लक लकडाउन आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *