Butwal Sandesh

Best Nepali Online Newspaper

आर्थिक सं*कट परेकाे छ भने बुधबार यी काम गर्नुहोस्, मिल्छ विशेष लाभ

Spread the love

बुधबार बुध ग्रहको दिन । यसदिन भगवान गणेशको पनि पूजा अर्चना गर्ने गरिन्छ। धर्मशास्त्रका अनुसार बुधबार बुध ग्रहलाई पुज्दा विभिन्न स*मस्याबाट समाधान तथा राहत मिल्ने गर्छ । बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको पनि यसदिन पूजा अर्चना गर्दा फाइदा पुग्छ ।

बुध ग्रहलाई भगवान विष्णुको प्रतिनिति मानिन्छ, त्यसैले धन, वैभवआदिका सम्बन्ध बुधसँग छ। बुधको दिशा उत्तर हो र उत्तर दिशा कुबेरको स्थान पनि हो। बुधलाई कुनै महत्वपूर्ण तथ्यहरुको कारक ग्रह पनि मानिएको छ, जस्तै वाणीको कारक, बुद्धिको कारक, त्वचाको कारक, मस्तिष्कको तं*त्रिका त*न्त्रको कारक आदि।

यदी तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, स*मस्याबाट राहत मिल्न सक्छ।

किनकी तपाईको जीवनमा कुनै उपायहरुलाई अपनाएर बुध ग्रहको अशुभ प्रभावलाई हटाउँनका साथ–साथै विद्या, धन लाभ तथा व्यापारिक उन्नति र स्वास्थ्य लाभ मिल्न सक्छ । यसबाहेक बुढेसकालबाट टाढा रहनुहुन्छ, जसबाट जीवनमा नयाँ जोश भरिन्छ।

अन्य केही कार्यहरु निम्न छन्

१) बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको पूजा–आजा गर्नुपर्छ ।

२) वुधबारको दिन हरियो घाँसपात बस्तु–भाउलाई खुवाउँनुहोस्।

३) स*मलिंगीको सेवा गर्नुहोस्।

४) हरियो चना भिजाएर चरा–चुरंगीलाई खुवाउँनुहोस्।

५) नौ बर्षभन्दा कम उमेरको कन्याको खुट्टा धोएर उनलाई प्रणाम गरेर आशीर्वाद लिनुहोस्।

६) बुधवार व्रत बस्नुहोस्।

७) बुध ग्रहको अ*शुभतालाई शुभतामा परिवर्तन गर्न बुधवार गणेशको पूजा गर्नुहोस्।

८) धनको कामनाका लागि बुधवारको दिन श्री गणेशलाई घिउ र सख्खरको भोग लागाउनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *