Butwal Sandesh

Best Nepali Online Newspaper

अ´बो*ध शिशुको नाममा यती धेरै रकम जम्मा, भाग्य न्यौपानेले फिर्ता लिए आफुले सहयोग गरेको पूरा रकम (हेर्नुहोस)

Spread the love

काठमाडौं । घ*टना यही साउन १२ गते सोमबारको दिनको हो । काठमाडौंको कपनमा कागजको कार्टुनमा शिशु फा*लिएको समाचारले स*नसनी बनेर फैलियो । कपन चौरमा फा*लिएकी शिशुलाई सोही क्षेत्रमा रहेको केयर बालगृहकी संस्थापक पुष्पा अधिकारीले पालन पोषणको जिम्मा लिएपछि उनलाई सहयोग गर्न देश विदेशका मनकारी मनहरु तँछाडमँछाड गरेर ओइरिए । ब्यक्तिगत र सामाजिक संस्थाहरुबाट उनलार्य आर्थिक सहयोगको ओइरो नै लाग्यो ।

तर यसभित्रको कहानी अलग्गै रहेको तथ्य विस्तारै खुल्न थालेको छ । शिशु बैदेशिक रोजगारीबाट हालै सरकारको उद्धार उडानमार्फत् स्वदेश फर्केकी कुनै महिलाले जन्माएको खुलेको छ । यद्यपि काठमाडौंकै कुनै संस्थामा बसेकी ति महिलाको परिचय अहिलेसम्म गोप्य राखिएको छ । परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ ।

कार्टुनमा शिशु भेेटिएको भनेर भ्र*म फैलाउने केयर बालगृहकि संस्थापक पुष्पा अधिकारीले शिशुको नाममा सहयोग आएको केही रकम मंगलबार बिहान फिर्ता गरेकी छिन् । हालसम्म शिशुको नाममा ६ लाख रकम संकलन भएको तथ्य खुलेको छ । मंगलबार युट्युबर भाग्य न्यौपाने सहित अन्य सहयोगीहरु पुगेर आफूहरु मार्फत सहयोग गरेको रकम फिर्ता लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *