कुवेत प्रवेशमा नेपालीसहित ३० देशका नागरिकलाइ प्र*तिबन्ध

कुवेत  – खाडी मुलुक कुवेतले भारत र ची*नसमेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रो*क लगाएको छ ।

कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीलाई एक पत्र लेख्दै सरकारको उक्त आदेश पालना गर्न आग्रह गरेका छन् ।

कुवेत सरकारले सार्वजनिक गरेको पछिल्लो सूचीमा समावेश मुलुकमा नेपालसहित भारत, इरान, ची*न, ब्राजिल, कोलम्बिया, आर्मेनिया, बंगलादेश, फिलिपिन्स, सिरिया, स्पेन, सिंगापुर, बोस्निया हर्जगोभिना, श्रीलंका, इराक, मेक्सिको, इन्डोनेसिया, चिली, पाकिस्तान, इजिप्ट, लेबनान, हङकङ, इटाली, मोल्डोभा, पनामा, बेरुत समेतका छन् ।

कुवेतले व्यावसायिक उडान आंशिक खुला गरिएकै दिन कुवेत सरकारले नयाँ प्र*तिबन्ध घोषणा गरेको खालिज टाइम्सले जनाएको छ । समाचारअनुसार कुवेत अन्तरराष्ट्रिय विमानस्थल शनिबारदेखि करिब ३० प्रतिशत खुला हुनेछ ।

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कुवेतमा हालसम्म ६७ हजार ४४८ जनामा कोरोना स*ङ्क्रमण देखिएको र ४५३ जनाको मृ*त्यु भएको थियो । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *