Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोना सं*क्रमणबाट नेपालमा थप ३ जनाको मृ*त्यु, मृ*तकको संख्या ५२ पुग्यो

Spread the love

काठमाडौं-नेपालमा आज थप ३ जनाको कोरोना सं*क्रमणका कारण मृ*त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्या*न गु*माउनेको संख्या ५२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगन्जका २ जना र मोरङका १ जनाको करोनाले मृ*त्यु भएको पुष्टि भएको हो । मोरङका ४५ वर्षका पुरुषको मृ*त्यु भएको मन्त्रालयले जानकारी दिएको छ । उनी हिजो दिउँसो कोशी अस्पतालबाट रेफर गरिएका बि*रामी हुन ।

प्रतिष्ठानमा आइपुग्दा ती बि*रामी वेहोस् अवस्थामा थिए । प्रतिष्ठानले उनलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरेको थियो । तर उनको हिजो नै मृ*त्यु भएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना भाइरस सं*क्रमणमुक्त भएका छन् ।

यो सँगै नेपालमा कोरोना सं*क्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार २४८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सं*क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्या*न गुमाउनेको संख्या ५२ पुगेको छ । उपत्यकामा ४५ सहित नेपालमा थप २७४ जनामा कोरोना सं*क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२७ जना कोरोना सं*क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सं*क्रमणमुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *