Butwal Sandesh

Best Nepali Online Newspaper

नेपालले दियो भारतलाई दरिलो जवाफ: ‘कालापानी, लिम्पियाधुरा हाम्रै हो, हामी आफ्नो भूमिमा आवतजावत गर्छौं’

Spread the love

काठमाडौं। जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई नेपाली भूभागमा नेपाली नागरिकको आवतजावत स्वाभाविक भएको जवाफ फर्काएको छ।

भारतको उत्तराखण्ड राज्यको धार्चुला जिल्लाका उप–जिल्लाधिकारीले पठाएको पत्रको जवाफ दिंदै जिल्ला प्रशासन कार्यालय दार्चुला यस्तो बताएको हो । जुलाई १४ मा धार्चुलाले कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका स्थान भारतको भएको र यहाँ नेपालीहरुलाई प्रवेश नदिन नेपालको दार्चुला जिल्ला प्रशासनलाई पत्र पठाएको थियो।

‘नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५, त्यस समयमा प्रकाशित नक्साहरु र ऐतिहासिक तथ्य एवं प्रमाणहरु अनुसार काली (महाकाली) नदी र सोपूर्वका लिम्पियाधुरा, कुटी, नाबी, गुंजी, कालापानी र लिपुलेक लगायतका क्षेत्रहरु नेपालको भूभाग रहेको कुरा स्पष्ट नै छ ।’ नेपालले भारतलाई पठाएको पत्रमा उल्लेख छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *