Butwal Sandesh

Best Nepali Online Newspaper

कोरोनाले थलिएको चीनबाट आयो विश्व नै दङ्ग पार्ने समाचार,

Spread the love

बेइजिङ । कोरोना भा’इरस (कोभिड–१९) सं’क्रमितको उपचारका लागि चीनको हुबेई प्रान्तस्थित वुहानमा बनाइएका १४ अस्थायी अस्पताल सोमबार बन्द गरिएका छन् । सहरमा भा’इरस सं’क्रमितको संख्या घट्दै गएपछि ती अस्पताल बन्द गरिएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् । धेरैले यो खबरलाई सुखद भनेका छन् । डिसेम्बर अन्तिमबाट कोभिड–१९ सं’क्रमण फैलन थालेपछि मध्यम खालका सं’क्रमितलाई उपचार गर्न र सं’क्रमणको स्रोतलाई आइसोलेसनमा राख्नका लागि वुहानमा प्रदर्शनी केन्द्र र जिमनासियम हलजस्ता १६ सार्वजनिक स्थललाई अस्थायी अस्पतालमा रूपान्तरण गरिएको थियो ।

सोमबार दिउँसो ३ बजे जियाघानस्थित अस्थायी अस्पताल बन्द गरिएसँगै अब वुहानमा दुइटा मात्रै त्यस्ता स्वास्थ्य संस्था सञ्चालनमा छन् । बाँकी रहेका दुई अस्पताल पनि मंगलबारसम्ममा ब’न्द गरिने कोभिड–१९ नियन्त्रण मुख्यालयले जनाएको छ । अस्थायी अस्पतालमा १२ हजार बि’रामीलाई उपचार गरिएको थियो ।

कोभिड–१९ को उद्गमस्थल चीनमा सं’क्रमित र मृ’तक संख्या कम हुँदै गएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार बिहान जनाएअनुसार पछिल्लो २४ घण्टामा देशैभर मात्र १९ जनामा को’रोना सं’क्रमण देखिएको छ भने मात्र १७ जनाको मृ’त्यु भएको छ । जनवरी २० बाट दैनिक रूपमा बि’रामीको जानकारी दिन थालेयता यो सबैभन्दा कम संख्या भएको चिनियाँ अधिकारीले बताएका छन् । डिसेम्बर अन्तिममा पहिलो सं’क्रमण देखिएयता चीनमा एकै दिन १५ हजारसम्म सं’क्रमित पुष्टि थियो ।

चीनमा आइतबारै १ हजार ५ सय ३५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । एकै दिन ५ हजार १ सय ११ जनासम्म कोभिड–१९ का सिकिस्त बि’रामी पाइएको चीनमा आइतबार मात्र १ सय ५३ जना त्यस्ता बि’रामी पुष्टि भएको स्वास्थ्य आयोगले जनाएको छ । चीनमा हालसम्म ८० हजार ७ सय ५४ जनामा कोभिड–१९ पुष्टि भएकोमा ५९ हजार ९ सय ५ जना निको भएर घर गएका छन् भने १९ हजार १६ जना अस्पतालमा उपचाररत छन् । चीनमा कोभिड–१९ का कारण ३ हजार १ सय ३६ जनाको मृ’त्यु भएको छ ।

सं’क्रमितको समीपमा आएका २० हजार १ सय ४६ जना अझै पनि मेडिकल अब्जरभेसनमा रहेको र आइतबारै तीमध्ये ३ हजार ८ सय २ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको आयोगले जनाएको छ । हालसम्म चीनबाहिरबाट आएका ६७ जनामा सं’क्रमण पुष्टि भएको उसले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *