Butwal Sandesh

Best Nepali Online Newspaper

आस्था राउतको तीखो वचन दुर्गेश थापातिर लक्षित – “न सुर,न ताल” नाच्ने मान्छे रहरले गाउन थाल्छ…

Spread the love

पछिल्लो समय गीत संगितको नाममा भित्रिरहेको वि*कृति विसंगतिप्रति गायिका आस्था राउतले अ*सन्तुष्टि व्यक्त गरेकी छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले दर्शकले पनि वि*कृति भित्राउने सिर्जनालाई प्रोत्साहन गरेको भन्दै चि*न्ता व्यक्त गरेकी हुन् ।

स्पष्ट रुपमा नाम नखुलाए पनि उनको निशाना पछिल्लो समय ‘बिच्च बिच्च’ मा गीतबाट चर्चामा रहेका दुर्गेश थापाप्रति रहेको देखिन्छ । केहि दिन अघिदेखि गायक तथा मोडल दुर्गेश थापा एक टेलिभिजन अन्तर्वार्ताका कारण ट्रोलको सि*कार भएका छन् ।

उक्त कार्यक्रममा गायक थापाले नारायण गोपालको गीत भन्दै भक्तराज आचार्यको गीत गाएका थिए भने रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’ गीतलाई उनले यम बरालको भनेर गाएका थिए ।

दुर्गेशको यहि वि*वादित अन्तरवार्तापछि नै आस्थाले उक्त स्टाटस राखेकी हुन् । जहाँ लेखिएको छ –

नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ न ताल आउँछ, अटो ट्युनले आजकल जो पनि गाउने, के भाको हे दैव गीतहरु सुन्नै नसक्ने ? युटुबबाट डलर त आउला.. तर म्युजिकल ज्ञान कहाँबाट छाउला !! हेर्दैछु नेपाली गीत संगीत कहाँ जाँदै छ.. के दर्शकलाई यस्तै चटक नै मन पर्दै छ ?? हैट, अब के चाहिँ गर्नु !! केहि बोल्नु कि नबोल्नु ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *