Butwal Sandesh

Best Nepali Online Newspaper

अमेरिकाको डिभि होल्डर हु भन्दै यी दुई युवतीले फेसबुकमा केटाहरुलाई लाखौं ठ*गेको खुलासा

Spread the love

काठमाडौं । गम्भीर घ*टनामा संलग्न भएको भन्दै दुई युवतीलाई प*क्राउ गरिएको छ । उनीहरुले आफूहरुलाई डिभी परेको र बिहे गरेर अमेरिका लैजाने आश्वासन दिई ठ*गी गरेको खुल्न आएको छ । महानगरीय अप राध महाशाखाको टोलीले शुक्रबार बाग्लुङ काठे गाउँपालिका–२ घर भइ भक्तपुर बस्ने २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूले विभिन्न व्यक्तिहरूलाई फेसबुक, टिकटक मार्फत फलो गर्ने र बिहे गरेर अमेरिकाको क्यालिफोर्निया लैजान्छु भन्दै करिब ६ लाख ६० हजार ठ*गी गरेको महाशाखाले जानकारी दिएको छ । ठ*गी गरेर उनीहरू रूपन्देहीको बुटवल क्षेत्रमा लुकिछिपी बसेका थिए । थप का*रबाहीको लागि महाशाखाले महानगरीय प्रहरी वृत्त, ठिमीमा पठाएको छ ।

महाशाखको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले विभिन्न सञ्चार माध्ययममा युवाहरूलाई फलो गर्ने र ‘म तपाईको फ्यान हो’ भन्दै रिक्वेस्ट एसेप्ट गर्न बाध्य बनाउँदै आएका थिए । कोपिला शर्माले आफू अमेरिकाको डिभी होल्डर भएको र अहिले लकडाउनका कारण नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्दै आएको बताउदै आएकी थिइन् ।

त्यही स्टोर सञ्चालन गर्न पैसाको आवश्यक परेको र पार्टनर बनाउने भनी पटक पटक गरी ५ लाख ठ*गी गरेकी थिइन् । उनीहरूले यो तरिकाबाट थप एक लाख ६० हजार समेत ठ*गेको प्रहरीले जनाएको छ । उनीहरुले यो भन्दा पनि धेरै ठ*गेको हुनसक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *