Butwal Sandesh

Best Nepali Online Newspaper

नयाँ बसपार्कमा अब टिक’ट का’ट्न यस्तो सिस्टम

Spread the love

काठमाडौं। कोरोना भाइरसको बढ्दो स*ङ्क्रमणका कारण चार महिनादेखि बन्द रहेको नयाँ बसपार्कमा प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारी गरिएको छ। कोरोना स*ङ्क्रमणका कारण गत चैत १० गतेदेखि देशभर सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएसँगै बन्द रहेको नयाँ बसपार्कले कोरोना स*ङ्क्रमण फैलन नदिन प्रविधिको प्रयोग गर्न लागेको हो।

सरकारले छोटो दूरीका सवारी साधन यही साउन ८ देखि नै सञ्चालन गरे पनि लामो दूरीका सवारी साधन भने भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ। नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर बसपार्कभित्रका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोराना स*ङ्क्रमण हुन नदिन नयाँ बसपार्कले प्रविधिको प्रयोगलाई अगाडि बढाएको बताउँछन्।

“बसको टिक’ट लिन लाइन बस्दा कोरोना स*ङ्क्रमण फैलनसक्ने सम्भावनालाई ध्यानमा राखेर हामीले सामाजिक दूरी कायम गरी ‘टोकन सिस्टम’बाट टिकट का’ट्नसक्ने व्यवस्था मिलाउन लागेका छौँ”, उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *