बि’रामीको सेवा गर्न डा. गोबिन्द केसी दु’र्गम गाउ कालिकोटमा
काठमाडौं : सुदूरपश्चिम र कर्णालीका दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्दै आएका डा. गोविन्द केसी कालीकोटको सदर मुकाम मान्ममा पुगेका छन् । मंगलबार अछामबाट पैदलै हिँडेका केसी बुधबार बेलुका दैलेखको आठबीस नगरपालिका–४, राकमस्थित नगरपालिकाका उपप्रमुख दीपा बोहोराको घरमा बास बसेका थिए ।
डा. केसी अछामबाट हिँडेर कालीकाेट जान लागेको बेला बजारको होटलमा बास बस्न खाजेको तर, बजारका होटल बन्द रहेका कारण आफूले घरमा बोलाएर बास बसाएको नगरपालिकाकी उपप्रमुख बोहोराले बताइन् । ‘उहाँ बजारमा नै बस्नु खोज्नु भएको थियो’ उनले भनिन्, ‘बजारका होटल बन्द भएका कारणले घरमा नै उहाँको सत्कार गर्न पाएँ ।’
बुधबार बेलुका दाल, भात, तरकारी र साग मात्र खाएको उपप्रममुख बोहोराले बताइन् । ‘उहाँ शाकाहारी हुनु हुँदो रहेछ । सामान्य खाना खानु भयो,’ उनले भनिन्, ‘हिँडेर होला निकै थकित देखिनु भएको थियो ।’ बिहीबार बिहान पानीसमेत नखाई डा. केसी कालीकाेट गएको उपप्रमुख बोहोराले बताइन् । ‘बिहान उहाँले चिया पनि खानु भएन ।
तातोपानी तताएर दिएँ, त्यो पनि खानु भएन,’ उनले भनिन्, ‘बिहान कुनै पनि खानेकुरा खानु हुँदो रहेनछ ।’ डा. केसी कालीकाेट पुगेर सामान्य होटलमा बसेका छन् । कालीकाेटमा उनी लामो समय बस्ने र त्यहाँ हाड जोर्नीका बि’रामीको उपचारमा संग्लन रहने छन् । उता कालीकाेटमा भने डा. केसी आएको बारे कुनै जानकारी नभएको पाइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कालीकाेटका सूचना अधिकारी कटकबहादुर महतका अनुसार डा. केसी कालीकाेट आउने जानकारी पाएको तर, आइसकेको बारे आफूलाई जानकारी नभएको बताए। ‘उहाँलाई हामीले स्वागत गर्ने तयारी गरेका थियौँ’ उनले भने, ‘हाम्रा आदरणीय डाक्टरसा’प आएको बारे अहिले जानकारी भएन ।’ निकै कम बोल्ने र गुपचुप काम गर्न चाहने भएकाले डा. केसीका विषयका अरुले धेरै जानकारी पाउने गरेका छैनन् ।