Butwal Sandesh

Best Nepali Online Newspaper

आजको राशिफल: वि.सं.२०७७ साल साउन – ८ गते बिहीवार, तदानुसार ई.सं.२०२० जुलाई – २३ तारिख ।

Spread the love

आज वि.सं.२०७७ साउन -८, गते बिहीवार तदानुसार ई.सं.२०२० जुलाई – २३, तारिख । शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलाथ्व, प्रमादी, दक्षिणायन, वर्षा, श्रावण शुक्लपक्ष तिथि-तृतीया , १८:३० बजे उप्रान्त चतुर्थी,नक्षत्र-मघा , १९:५९ बजे उप्रान्त पूर्वफाल्गुनी,योग-व्यतीपात , १४:५० बजे उप्रान्त वरियान्,करण-तैतिल ०७:२६ बजेदेखि गर , १८:३० बजे उप्रान्त वालव,चन्द्रराशि-सिंह,आनन्दादि योग-मुसल, सूर्योदय-५:२३, सूर्यास्त-१८:५६,दिनमान-३३ घडी ५३ पला,वराहजयन्ती। मधुश्रावणी पर्व समाप्त।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,संकल्प गरेको काममा अलि बा*धा आउँन सक्छ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आजको शुभ अंक ७ रहेको छ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ,बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ९ रहेको छ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,झुटो आरोप लाग्न सक्छ,आजको शुभ अंक ७ रहेको छ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

व्यावसायिक यात्रा सम्भावना छ,भिडभाडमा जिउधन जोगाउन सजग रहनुहोला,आर्थिक क्षेत्रमा सफल हुनेछ,सुरक्षाकर्मी बाट अ’पमानित हुनुपर्ला,आजको शुभ अंक २ रहेको छ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,आजको शुभ अंक ३ रहेको छ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) –

काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,अप्रिय घ’टना हुनसक्छ, आजको शुभ अंक ५ रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ,सन्तान पक्षमा खुशीको योग छ,सामाजिक कार्य सफल भइनेछ,सामान चो’रि हुने हराउने योग छ,आजको शुभ अंक ४ रहेको छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

आफन्त संग वि’वाद हुनेछ,धार्मिक क्षेत्रमा जिम्मेवारी वहन गर्ने समय पाइनेछ,विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ, आजको शुभ अंक १ रहेको छ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

घर–गृहस्थीमा भने समस्या आउन सक्छ,कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,साथी भाइको विश्वास पर्दा आत्माघा’ती हुनेछ, आजको शुभ अंक १० रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,पति पत्नी बिचमा मन मु’टाव हुनेछ,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला,किनमेल गर्दा सजग रहनु होला, आजको शुभ अंक ४ रहेको छ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,साझे दारीको काममा संकट आउनेछ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,आजको शुभ अंक ६ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *