Butwal Sandesh

Best Nepali Online Newspaper

बा´ढी र प´हिरोको वि´पदमा परेकालाई तत्काल खोजी र उद्धार गर्न सरकारद्वारा १ हजार सैनिक परिचालन

Spread the love

काठमाडौं। नेपाली सेनाले केही दिन देखिको अविरल वर्षाका कारण बा*ढी, प*हिरो र डु*बानबाट बढी प्रभावित मुलुकका १६ जिल्लामा एक हजार जनशक्ति आवश्यक उपकरणसहित तत्काल खोजी र उद्धार कार्यमा जुटिरहेको जानकारी दिएको छ। उक्त जनशक्ति पहिरामा हराएका व्यक्तिको खोजी, डुबानमा परेका नागरिकको उद्धार, राजमार्गको प*हिरो पन्छाउन तथा नदिले कटाउन क्षेत्रका बस्ती संरक्षणका लागि तटबन्ध निर्माणमा संलग्न रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।

सेनाले बा*ढी, पहि*रो र डुबानमा परेका व्यक्तिको तत्काल उद्धारका लागि पोखरा, बर्दिवास, इटहरी, चितवन, भरतपुर, गजुरी र रौतहटलगायत स्थानबाट तालीम प्राप्त दक्ष जनशक्तिसहित रबर बोर्ट र उपकरण परिचालन गर्ने प्रबन्ध मिलाएको छ । त्यसका लागि चार सयको सङ्ख्यामा तालीम प्राप्त जनशक्तिको व्यवस्था गरिएको जानकारी दिइएको छ । अविरल वर्षाका कारण आकस्मिक रुपमा हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सेनाले पूर्वतयारीको सिलसिलामा भरतपुर, सुर्खेत र इटहरीमा हेलिकोप्टर सहितको आवश्यक जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिएको छ।

मुलुकभर केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण पहाडी जिल्लामा बा*ढीपहिरो तथा मध्य तराईका जिल्लामा डुबानको समस्या देखिएको छ । बा*ढीपहिरोबाट ठूलो सङ्ख्यामा जनधनको क्षति भएको छ । निरन्तरको वर्षाका कारण मुलुकका नदी तथा खोलामा पानीको बहाव उच्च रहेको छ । बा*ढीपहिरो र डु*बान प्रभावित परिवारको राहत र उद्धारका लागि तीन तहकै सरकार र सङ्घसंस्थाबाट विभिन्न सहयोग भइरहेको छ । मुलुकका विभिन्न भागमा गएको प*हिरो र नदी कटानले मुख्य राजमार्गसमेत अवरुद्ध भएकामा सडक डिभिजन कार्यालय र सुरक्षाफौजनको प्रयासमा सञ्चालनको प्रयास भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *