Butwal Sandesh

Best Nepali Online Newspaper

पूजा गर्दागर्दै ब्रतालु महिलाको मन्दिरमै मृ*त्यु

Spread the love

काठमाडौं। सुर्खेतमा एक महिलाको पूजा गर्ने क्रममा मृ*त्यु भएको छ। मृ*त्यु हुनेमा बराहताल गाउँपालिका–४ सिम्लेघारीकी लक्ष्मी शाही रहेकी छिन् । उनको सोमबार पूजा गर्दागर्दै मन्दिरमा मृ’त्यु भएको हो।

आज सोमबार ब्रत बसेकी लक्ष्मी अचानक बे’होस भएर ढ’लेकी थिइन्। उनी बे*होस् भएपछि उनको मृ’त्यु भएको जनाइएको छ । उनले आइतबार बेलुकादेखी नै केही नखाएको बताइएको छ।

यो पनि पढ्नुहोस: कोरानाबाट मुक्त भएका नेपालका यी ७ जिल्ला

नेपालमा पछिल्लो २४ घण्टामा १८६ जनामा कोरोनाभाइरस सं*क्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना सं*क्रमण भएको जानकारी दिए।

यससँगै नेपालमा नेपालमा कोरोना सं*क्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, धनकुटा, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना सं*क्रमण मुक्त भएको जनाइएको छ।

यी स्थानमा भएका सबै कोरोना सं*क्रमित निको भई अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ सय ७३ जनाले कोरोनाभाइरसलाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या ११ हजार ८ सय ६८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *