Butwal Sandesh

Best Nepali Online Newspaper

क्वारेन्टिन र आइसोलेशनमा रहेका ब्यक्तिहरुलाई सहयोग गरिन मनकारी हिमानीले

Spread the love

काठमाडौं । देशका बिभिन्न प्रदेशमा रहेका क्वारेन्टिन र आइसोलेशनमा रहेका ब्यक्तिहरुका लागि हिमानी ट्रष्टले सहयोग गरेको छ ।

ट्रष्टले विहीबार कार्यालयमा एक कार्यक्रम आयोजना गरी सहयोग सामग्री वितरण गरेको हो ।

अध्यक्ष पूर्व युवराज्ञी हिमानी शाहले देशका बिभिन्न स्थानको क्वारेन्टिन र आइसोलेशन वार्ड तथा केही विद्यालयहरुलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।

राहत सामग्री अन्तर्गत् झुल, पानी फिल्टर गर्ने मसिनलगायत रहेका छन् ।

अध्यक्ष शाहले ट्रष्टले प्रधानमन्त्री कोरोना उपचार कोषमा एक करोड रुपैयाँ जम्मा गरेको जानकारी गराउनुहुँदै संस्थाले आगामी दिनमा पनि आवश्यक सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

के हो भगवान शिवको स्वरुपको अर्थ ?

भगवान शिवलाई भोलेनाथ , महादेव, आदिनाथ जस्ता थुप्रै नामले पुकारिन्छ । भगवान शिवको स्वरुप जति अर्थपूर्ण छ, उनको नाम उत्तिकै रहस्यमयी पनि ।

शिव भगवान भन्नसाथ कम्मरमा बाघको छाला बाँधेका, एक हातमा डमरु र अर्कोमा त्रिसुल बोकेका, सर्पको माला लगाएका, तीन नेत्र भएका, जटाधारी आकृति सम्झन्छौ ।

शिव स्वरुपको रचना विशिष्ठ एवं अर्थपूर्ण छ । शिवजीको जटालाई वायुमण्डल, त्यसमा सिउरिएको चन्द्रमालाई मन, डमरुलाई ध्वनी एवं संगीतको प्रतिक मानिएको छ । उनले कम्मर मुनी बाघको छाला बाँधेका छन् । बा’घ हिं’साको प्रतिक हो ।

त्यसलाई कम्मरमुनी बाँध्नुको अर्थ हिं’सालाई दबाउनुपर्छ भन्ने हो । त्यस्तै, शिवजीको आकृतिमा समानन्तर तीन वटा आँखा हुन्छ । बीचको तेस्रो आँखालाई अलौकिक सृष्टिको प्रतिक मानिन्छ । त्रिसुलको तीनवटा शूलले उदय, संरक्षण र विनासको संकेत गर्छ । शिवजीले सर्पको माला लगाउनुको अर्थ पनि पर्यावरणको शुद्धतासँग जोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *