Butwal Sandesh

Best Nepali Online Newspaper

लिपुलेक दिन तयार छौं वार्ता गरौँ, नेपालको बारे कोइ नराम्रो नबोल्ला -भारतिय रक्षा मन्त्री

Spread the love

लिपुलेक दिन तयार छौं वार्ता गरौँ,नेपालको बारे कोइ नराम्रो नबोल्ला -भारतिय रक्षा मन्त्री यो पनि पढ्नुहोस : फोर्ड र वालकरको कथा एवं नेपालमै रोजगारीका उपाय।

राष्ट्र पति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७–७८ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा कोरोनाको महामारीले मुलुक आ*क्रान्त बन्दै गर्दा एकातर्फ स्वदेशमै रोजगारीको अभाव हुन गएको र अर्कोतर्फ विदेश गएका उल्लेख्य नेपाली फर्किने सम्भावना रहेको यथार्थता अघि सार्नु भएको छ।

बेरोजगारलाई लक्षित गर्दै गु*मेको रोजगारी पुनरुत्थान, नयाँ रोजगारी सिर्जना तथा स्वरोजगार बनाउनका लागि कृषि, बन, हर्बल आदिमा उद्यमशीलताको अवसरको अधिकतम उपयोग गरिने सरकारको नीति घोषणा गरिएको छ । विदेशमा रोजगारी गरेर फर्केका दक्ष युवा युवतीहरुलाई नेपालमै उद्यमशील बनाउन सुरुवाती पुँजी उपलब्ध गराउने योजना अन्य योजनासँगै अघि सारिएको छ।

सरकारले हाल उच्च प्राथमिकतामा राखेको विदेशबाट फर्केका, नेपालमै बेरोजगार बनेका र निजी क्षेत्रको लगानी कृषि तथा बन उद्योगमा आकर्षित गर्न कृषि र बनबाट आउने उत्पादनलाई स्थानीय स्तरमै खपत भइरहेको खाद्य, खाद्य सप्लिमेन्ट, प्राकृतिक सौदर्यका सामग्री, औषधि, जटिबुटी, आयुर्वेदिक र अन्य दैनिक जीविकाका पदार्थ उत्पादन गर्ने कच्चा पदार्थमा परिवर्तन गर्ने प्रविधि, सीपमुलक तालिम, प्रडक्टको फर्मुलेसन विकास गर्न र स्वरोजगारमुलक उद्यमशीलतामा जानको लागि जरुरी हुने बडी अफ नलेज, प्रयोगात्मक ज्ञान प्रदायक दक्ष संस्थाहरुको जरुरत पर्ने छ।

हाम्रा मुलुकका युवाहरू किन अन्य मुलुकको तुलनामा नगण्य स्वरोजगार छन्? दातृ संस्थाहरूको ऋ*ण सहयोग समेत लिएर स्टार्ट अप कम्पनीहरू खोल्न र खोलेका लाई उत्प्रेरकको भूमिका दिने भनी खोलिएका निकै ठूलो लगानीका योजनाहरू योजनाकाल भरी अलि धेरै तलब आउने जागिर खाने अ*खडा र स्थानीय स्तरमा हस्तान्तरणपछि अवकाशप्राप्त कर्मचारीहरूलाई यसो अल्झिने र घाम ताप्ने बदाम खाने स्थानमा परिवर्तित बने? लगानीको लगभग शून्य प्रतिफल मात्र दिन सके ? यो प्रश्न नेपालमा कहिल्यै कसैले उठाएन। उल्टो भनियो हामीले त प्रयास गरेकै हो। तर के गर्नु नेपालमा एक त वातावरण नै छैन । घुमाउरो पारामा यहाँका युवाहरूमा उद्यमशीलतातर्फ जाने न त योग्यता, न त कागजी डिग्री नै रहेकोतर्फ इंकित गरिए।

संसारमा हाल सम्म अस्तित्वमा आएका धेरै व्यवसायहरू मध्ये सबैभन्दा उत्कृष्ट व्यवसाय दिन सफल बनेका व्यक्तिहरूको जीवनी र उनीहरू कसरी त्यो उत्कृष्ट व्यवसायको विकास गर्न सके भन्नेबारे पुनरावलोकन गरेर हेर्दा सफल व्यवसायीमा हुनुपर्ने अनिबार्य खुबी भनेको उनीहरू परिचित रहेको समाजमा विद्यमान रहेको कुनै एक वा धेरै समस्याहरू सँग उनीहरू परिचित रहनु पर्ने र त्यो समाधान गर्न उनीहरूको अन्तर मनमा हुटहुटी जागृत हुनुपर्ने भन्ने देखिन्छ।

उदाहरणको लागि संसारलाई ठूलो संख्यामा हिँड्ने मिसिन जसलाई हामी मोटरकार भन्ने गर्छौ त्यो बनाइदिने हेनरी फÞोर्डको औद्योगिक यात्राबारे पुनरावलोकन गरौँ । उनी एक सामान्य किसानको घरमा जन्मे । पढेर इन्जिनियर बने । उनलाई एडिसन इलुमिनेटिङ्ग कम्पनीले काम दियो । जति बेला उनी कृषि फार्ममा काम गर्थे, सवारीमा यात्रा गर्ने भन्ने कुरो धनी सम्भ्रान्त वर्गको मात्र पहुँचको कुरो थियो।

उनलाई आफ्नो पिताजस्तो गरिब घरानाले समेत किनेर चढ्न सक्ने सवारी बनाएर त्यसमा बसी फुर्सदको बेला घुम्न सक्ने सवारी सुविधा सबैलाई उपलब्ध गराउन तीव्र इच्छा थियो।आकर्षक इन्जिनियरको जागिरले उनलाई सन्तुष्टि दिएन । अन्ततः उनको भित्री मनदेखि खड्केको समस्याको समाधान गर्ने क्रममा फÞोर्ड मोटर कम्पनीले जन्म लियो।

मुलुकले समग्र विकास र वर्तमान समस्याबाट मुक्ति प्राप्त गर्न गैरआवासीय नेपालीहरू सँग अपेक्षा गरेकोले आशा र भरोसाको पूर्ति गर्ने सबैभन्दा उत्तम विकल्प जतिसक्दो चाँडो नेपालको हरेक प्रदेशमा कम्तीमा एउटा स्वरोजगार मुखी तालिम उपलब्ध गराउने व्यवहारिक तालिम केन्द्रहरू खडा गर्न उत्तम हुने छ।दक्षिण अमेरिकामा अफ्रिकाबाट ल्याइएकी एक दासको छोरी आफ्नो पालन पोषणको क्रममा बाल्यकालमा हुन गएको चरम कुपोषण तथा थोरै हुर्के पछिको आफ्नो दैनिकीको तनावको कारण कपाल छोटो र पातलो हुने समस्याले ग्रसित बनिन्। पैसा कमाउन आकर्षक झुट बोली व्यापार गर्ने एक फिरन्ते व्यापारीले दिएको कपाल पलाउने औषधि भनी विश्वासमा परेर आफूलाई थाहा नभएको नक्कली औषधिले उनको कपाल झरी उनी नराम्ररी कु*रूप बनिन्।

नचिनेको नजानेको फटाहा व्यपारीको फन्दामा परेकी उनले आफैले सोधखोज र अनुसन्धान गरी कपालमा लगाउने टनिकको विकास गरिन्। आफैले विकास गरेको कपालको टनिकले उनले आफ्नो कपालको सफलतापूर्वक उपचार गरिन्। उनको नयाँ पलाएको कपाल देखेपछि उनको चिनजानमा रहेका र उनीहरूको साथीहरुले समेत उक्त औषधी माग्न थाले। उनको घर घरमा गएर औषधि बेच्ने क्रम पछि गएर एक व्यवसायमा परिवर्तन भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *