Butwal Sandesh

Best Nepali Online Newspaper

सरकारी कर्मचारीमध्ये नायव सुब्बाहरु सबैभन्दा बढी ‘घु*स्याहा’ !

Spread the love

काठमाडौं । सेवाग्राहीको काम गरिदिएवापत घु*स रकम माग्ने सरकारी कर्मचारीमध्ये सबैभन्दा बढी नायव सुब्बा देखिएका छन् । अ*ख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/७७ को तथ्याङ्कअनुसार घु*ससहित रं*गेहात प*क्राउ परेका कर्मचारीमध्ये नायब सुब्बा वा सो सरहका कर्मचारीको संख्या बढी छ ।

अ*ख्तियारले गत वर्ष जम्मा २०८ जना कर्मचारीलाई घु*ससहित रं*गेहात प*क्राउ गरेको थियो । जसमध्ये नायव सुब्बाहरुको संख्या मात्रै ६९ छ । अ*ख्तियारले गत वर्ष विशिष्ट श्रेणी (सचिव)सहित २०८ जना कर्मचारीलाई घु*ससहित रंगेहात प*क्राउ गरेको थियो । प*क्राउ पर्ने कर्मचारीमा सचिव २, उपसचिव १३, शाखा अधिकृत ५३ जना, खरिदार २७, जुनियर कर्मचारी २८ र कार्यालय सहयोगी १६ जना छन् ।

अ*ख्तियारले गत वर्ष १४ जना निर्वाचित तथा मनोनित पदाधिकारीलाई घु*ससहित प*क्राउ गरेको छ । यस्तै, ५५ जना बि*चौलियालाई घु*ससहित प*क्राउ गरिएको अ*ख्तियारले जनाएको छ । अ*ख्तियारले गत वर्ष सरकारी कर्मचारी, निर्वाचित तथा मनोनित पदाधिकारी र बि*चौलिया लगायत गरी २ सय ७७ जनालाई घु*ससहित रंगेहात प*क्राउ गरेको थियो ।

इतिहासमै सबैभन्दा बढी मु*द्दा दर्ता

अ*ख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा आफ्नो ३० वर्षको इतिहासमै सबैभन्दा धेरै मु*द्दा दर्ता गरिएको जनाएको छ । अ*ख्तियारले गत आर्थिक वर्षमा भ्र*ष्टाचारजन्य कसुरमा ४ सय ४१ मु*द्दा दर्ता गरेको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा अ*ख्तियारले ३ सय ५१ मु*द्दा दायर गरेको थियो ।

अ*ख्तियारले गत आर्थिक वर्षमा घु*स (रि*सवत)का २ सय ६, नक्कली शैक्षिक प्रमाण पत्रका ८५, सार्वजनिक सम्पत्तिको हानी नोक्सानीसँग सम्बन्धित ७४, गैरकानूनी लाभहानीका ३६, राजश्व हिनामिनाका १२, गैरकानूनी सम्पत्ति आर्जनका १८ र विविध शीर्षकका १० वटा मु*द्दा विशेष अदालतमा दा*यर गरेको जनाएको छ ।

यी मु*द्दामा १ हजार १ सय ९६ जनालाई प्रतिवादी बनाइएको छ । यी मु*द्दामा १ जना पूर्वउपप्रधानमन्त्री, २ जना पूर्व मन्त्रीसहित ७२ जना जननिर्वाचित तथा मनोनित पदाधिकारी, ६ जना विशिष्ट श्रेणीकाका गरी ८ सय ३ जना राष्ट्रसेवक कर्मचारी र ३ सय १५ जना बि*चौलिया तथा म*तियारहरुलाई प्रतिवादी बनाइएको छ ।

अ*ख्तियारले दा*यर गरेका मु*द्दामध्ये प्रत्येकमा १ करोड रुपैयाँभन्दा बढी बिगो दावी गरेका मु*द्दाको संख्या २८ रहेको छ । यस्तै, गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको कसुरमा १ अर्ब ९ करोड ६१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

अ*ख्तियारका अनुसार गत आर्थिक वर्षमा भ्र*ष्टाचार तथा गैरकानूनी सम्पत्ति आर्जन र सार्वजनिक सम्पत्तिको हिनामिना गरेको भन्दै २४ हजार ८ सय ९० वटा उ*जुरी परेका थिए । तीमध्येका १६ हजार ५ सय ८६ उजुरी फर्छ्यौट गरिएको अ*ख्तियारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *