Butwal Sandesh

Best Nepali Online Newspaper

संसारमा कुनै श*क्तिले भारतको जमिन खो*स्न नसक्ने भारतीय रक्षामन्त्रीको चेता’वनी

Spread the love

एजेन्सी। भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनसँगको वि*वादित क्षेत्र लद्दाखस्थित लेह भ्रमण गरेका छन् । सैनिक उच्च अधिकारीहरुसँगै लुकुङ सैन्य पोस्टमा पुगेर रक्षामन्त्री सिंहले सिपाहीहरुसँग अन्तरक्रिया पनि गरेका थिए।

यस क्र’ममा उनले चीनसँग भारतीय पक्षको वार्ता जारी रहेको र सहमति उन्मुख रहेको प्रतिक्रिया दिए । साथै संसारमा कुनै श’क्तिले भारतको जमिन खोस्न नसक्ने उनले चेता’वनी दिएका थिए । ‘सीमा मु*द्दा समाधानका लागि वार्ता भइरहेको छ । र तिनले मु’द्दालाई समाधानतर्फ लैजानै पर्छ। तर कुन हदसम्म यसलाई समाधान गर्न सकिन्छ, म ग्यारेन्टी दिन सक्दिनँ,’ रक्षामन्त्री सिंहले भनेका छन्।

उनले अघि थपेका छन्, ‘भारतसँग विश्वको कुनै शक्तिले जमिन खोसेर लैजान सक्दैन, भारत कमजोर देश हैन । हामी हाम्रो जमिनको प्रत्येक इन्च रक्षा गर्न क’टिव’द्ध छौँ ।’ चिनियाँ सैनिकसँग भी’ड’न्तको एक महिनापछि रक्षामन्त्री सिंह लद्दाख पुगेका हुन् । जुन १५ मा गलवान उपत्याकामा चिनियाँ सिपाही र भारतीय सिपाहीबीच भीड’न्त हुँदा भारत तर्फका २० सिपाहीको मृ’त्यु भएको थियो । यस क्षेत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाइ ३ मा भ्र’मण गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *