Butwal Sandesh

Best Nepali Online Newspaper

तीन महिनाको ८ लाख २५ हजार भाडा मीनाहा गर्ने समाजसेवी श्रेष्ठ सम्मानित

Spread the love

काठमाडौं । समाजसेवी एवं नेपाली कांग्रेस पाँचखाल नगरका तरुण दल संयोजक मिलन श्रेष्ठलाई सम्मान गरिएको छ । काभ्रे पाँचखाल स्वास्थ संस्था का पूर्व अधक्ष्य, पाँचखाल युनाईटेड फूटबल एसोसेसनका अधक्ष्य समेत रहेका श्रेष्ठलाई नगरले सम्मान गरेको हो ।

तामाघाटमा रहेको ब्यापारिक परियोजनको सटरको ३ महिना को भाडा पूर्ण रुपमा छुट दिएपछि उनी सम्मानित भएका हुन् । उनले मासिक २ लाख ७५ हजार भाडा उठाउँदै आएका थिए ।

यसरी समाजसेवी श्रेष्ठले कुल ८ लाख २५ हजार भाडा मीनाहा गरेका हुन् । सटर भाडा मीनाहा गरे सँगै उनी अहिले नगर भर नै बधाई र सम्मान को पात्र भएका छन् .सबैको जानकारीका लागि सेयर गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *