युएईमा रहेका दुई नेपालीमा को´रोनाभा´इरस

युएईमा रहेका दुई नेपाली सहित १४ जनामा कोरोनाभाइरस सं´क्रमण रहेको पुष्टि भएको छ।

सोमबार युएईको स्वास्थ्य मन्त्रालयले थप १४ नयाँ कोरोना सं´क्रमित बिरामीहरुमध्ये दुई जना नेपाली पनि रहेको बताएको हो।

खलिज टाईम्सका अनुसार कोरोनाका बि´रामीहरु चार इमिरेटिस, तीन इटालियन, दुई बंगलादेशी, दुई नेपाली, एक रुसी, एक भारतीय र अर्का एक जना सिरियाका नागरिक रहेका छन्।

उनीहरूलाई पहिले क्वारन्टाइनमा राखिएका बि´रामीहरुबाट सरेको बताइएको छ। ती दुई नेपाली को हुन् भन्नेबारे खुलाइएको छैन।

अहिलेसम्म युएईमा ५९ जनामा कोरोना सं´क्रमण भेटिएको छ। साथै सोमबार मन्त्रालयले पाँच जनाको उपचार गरी अस्पतालबाट डिस्चार्ज गरिसकेको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *