Butwal Sandesh

Best Nepali Online Newspaper

काठमाडौँवासीलाइ पानी खुवाउन दिनरात मेलम्चीमा खटिंदा मृ*त्यु भएका यी हुन् इन्जिनियर सतिश

Spread the love

काठमाडौं । जसले आफु जन्मिएको इतिहास बनाउनका लागि हो देहत्यागको नोट लेख्न होइन भन्दै सामाजिक सञ्जाल फेसवुकको वायो बनाएका थिए उनै इन्जिनियरलाई मेलम्ची खानेपानी आयोजनाले जिवन लियो । काठमाडौंबासीकालागि पिउने पानीको ब्यवस्था गर्ने काममा अहोरात्र खटेर काम गरेका इन्जिनियर सतीश गोहित सहित २ जना सुरङ परीक्षणका क्रममा बे*पत्ता भए। ति मध्य बुधवार इन्जिनियर गोइतको श*व फेला परेको हो।

परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो दुई जना बे*पत्ता भएका थिए । तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको श*व हिज अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजीकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

अर्का बे*पत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको प्रहरीले जनाएको छ । २५वर्षको कलिलै उमेरमा दु*र्घटनाका कारण ज्या*न गु*माएका गोइतका आफन्त र साथी उनको नि*धनले म*र्माहत भएका छन् । उनी जिवनप्रति निकै आशावादी सोच राख्ने इन्जिनियर थिए । उनका साथीले सामाजिक सञ्जाल मार्फत नि*धन प्रति दु*ख ब्यक्त गरेका छन् ।

दिप किरण खड्काले ट्वीटरमा लेखेका छन् । सतिष गोइत जो मेलम्ची आयोजनामा इञ्जिनियर भएर काम गर्दै थिए, आयोजनाको बाँधमा आएको समस्याले बे*पत्ता भए। संघर्षको किताब लेख्न जन्मेको हुँं, देहत्यागको कथा लेख्न होइनु भन्नेको हाल नै हृदयविदारक बनाईदियो ३० वर्षमा रजाइ गर्ने दलालहरु, र तिनको घानमा निर्दोषहरुले ज्या*न गु*माउनु पर्ने ?

दु*र्घटना पछि अहिले मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण रोकिएको छ । आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक गर्दा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर दुर्घटना भएपछि आयोजनाको परीक्षण स्वरुप पानी हाल्ने काम रोकिएको हो । सुरुङमा पठाएको सबै पानी बाहिर निकालिएको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–३ अम्बाथानस्थित आयोजना निर्माणस्थलमा बुधबार भएको दु*र्घटनामा १० दिन पहिलेबाट सुरुङभित्र पठाइएको सबै पानी बाहिर निकालिएको बताइएको छ ।

मङ्गलबार दिउँसो मेलम्ची खानेपानी विकास बोर्ड, निर्माण कम्पनी र परामर्शदाताको संयुक्त टोली सुरुङको निरीक्षणका लागि अम्बाथानस्थित आयोजना निर्माणस्थलमा पुगेको थियो । प्रारम्भिक रुपमा सुरुङमा रहेको गेटको नेटबोल्ड फुत्केर पानी बाहिर निस्केको भन्ने बुझिएको आयोजनका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताएका छन् । सो आयोजनाको निर्माणसँगै सुरुङको परीक्षणका लागि कार्यविधि बनाइएको थियो । सोही कार्यविधिका आधारमा प्राविधिक टोली परीक्षणका लागि पुगेको हो ।

सुरुङको निर्माण सम्पन्न भएकाले त्यसको निरीक्षण र समन्वयका लागि समिति बनेको थियो । अम्बाथानको जिम्मा इञ्जिनीयर शेखर खनाललाई दिइएको र उनको नेतृत्वमा परामर्शदाता र निर्माण व्यवसायीको एक÷एक जना प्रतिनिधि रहेको थियो । अहिले पनि निर्माण व्यवसायी निर्माणस्थलमै रहेकाले सो घ*टना कसरी भयो भन्ने व्यवसायीलाई नै जानकारी हुने उनले बताए ।

आयोजनाले निरीक्षणका लागि व्यक्ति आफैँ जाँँदा जो*खिम हुने देखिएकाले अब पानी हाल्दा निरीक्षणका लागि सीसी क्यामरा जडान गर्ने योजना बनाएको छ । सुरुङमा रहेको सबै पानी बाहिर निस्केकाले अब फेरि १५÷२० दिन सुरुङमा पानी भर्न नै लाग्नेछ । तत्काल नै पानी पठाउने भने योजना नरहेको आयोजनाले जनाएको छ । सुरुङभित्र गएको पानी गेटबाट बाहिर एकै पटक निस्किेपछि अहिले त्यहाँ पानी पठाउन रोकिएको छ । अब पहिले त्रुटि सच्चाउने र त्यसपछि मात्रै पानी हाल्ने आयोजनाका प्रवक्ता पन्तले बताए ।

आयोजनाले गत २१ गतेदेखि २६ किलोमिटर लामो सुरुङमा पानी पठाएर परीक्षण शुरु गरेको छ । सुरुङ परीक्षण गर्न कम्तीमा १५ दिन लाग्ने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सुरुङभित्र जम्मा भएको पानी विस्तारै बाहिर निकाल्न पनि उत्तिनै समय लाग्नेछ । अर्थात् १५ दिन पानी पठाएजस्तै खाली गर्न पनि उत्तिनै अवधि लाग्नेछ । त्यसपछि सात दिन सुरुङभित्रको समग्र अवस्थाका बारेमा अन्तरराष्ट्रिय मापदण्डअनुसार नै प्राविधिक टोलीले निरीक्षण गर्ने योजना थियो । सबै अवस्थाको जाँच पड्ताल गरिसकेपछि सुरुङ ठीक रहेको निष्कर्ष निकाल्ने र सुन्दरीजलमा पानी झार्ने तयारीमा मन्त्रालय सोही दिन पत्रकार सम्मेलनमार्फत बताएको थियो ।

सो दु*र्घटनाका कारण घा*इते भएका कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनालको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ । दु*र्घटनामा सवारी चालक राधाकृष्ण थापामगरको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *