मोदीले बुद्ध भारतका हुन् भन्दा ग´लत नहुने, ओलीले राम नेपालका हुन् भन्दा ग´लत हुने ? – फनिन्द्र नेपाल
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीरामको जन्मभूमी अयोध्या नेपालमै पर्ने भन्दै दिएको अभिव्यक्तिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ। केहिले ओलीको यस किसिमको अभिव्यक्तिले नेपाल-भारतको सम्बन्ध बि*गार्ने बताइरहेका छन् भने केहिले ओलीको अभिव्यक्तिलाई समर्थन गर्दै वास्तविकता बारे अनुसन्धान गरिनुपर्ने बताइरहेका छन्।
सोमबार भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै रामको जन्मभूमी अयोध्या नेपालको वीरगञ्जभन्दा केहीपर ठोरीमा पर्ने बताएका थिए। भारतले वि*वादित अयोध्या खडा गरेको र सांस्कृतिक अतिक्र’मण गरेको ओलीको भनाई थियो।
ओलीको यस अभिव्यक्ति बारे भारतमा वि*रोध भैरहेको छ। यता नेपालका विभिन्न राजनीतिक नेताहरुले पनि ओलीको आलोचना गरिरहेका छन्। तर, केहि भने ओलीले भने जस्तै अयोध्या नेपालमै पर्ने तथ्यहरु भेटिन सक्ने बताउँछन्। यस विषयमा टिप्पणी गर्दै ग्रेटरनेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल ओलीको वि*रोध गरिनु गलत हुन जाने बताउँछन्। ओलीको उल्लिबिल्ली उडाउनु भन्दा ठोरी गएर अध्ययन गरिनुपर्ने उनको भनाई छ।
केपी शर्मा ओलीले अयोध्या वीरगन्जदेखि पश्चिममा पर्छ र राम नेपालका छोरा हुन् भन्दा उनलाई उल्लिबिल्ली पारिँदै छ । हामीलाई ओली महोदयको यो कुरा नयाँ लाग्नु स्वाभाविक हो । ठोरी गएर अध्ययन गरौँ न भन्नुभन्दा पनि हामीलाई ओली महोदयले अन्टसन्ट कुरा गरेर कालापानीको मु*द्दालाई कमजोर पारे भनेर गफ हाँक्न रमाइलो लागेजस्तो छ । नेपाल आफ्नो धारणा फेसबुकमा राख्छन्। ओलीले अयोध्याको दाबी गरेर भारतसँग यु-द्धको नयाँ मोर्चा खोलेको उनको तर्क छ।
फणिन्द्र नेपाल फेसबुकमा यसो लेख्छन् –नरेन्द्र दामोदरदास मोदीले बुद्ध भारतमा जन्मेका हुन् भन्दा मैले कतिपय नेपालीको मुखबाट सुनेको थिएँ ,ठिकै हो , बुद्ध नेपालमा कति नै बसे र ! दरबारबाट निस्किएपछि त उता दक्षिणतिरै सबै ज्ञानगुन प्राप्त भएको हो । तर तिनीहरूले सजिलै भुलिदिए , दरबार त नेपालमै थियो।
अब हिजो केपी शर्मा ओलीले अयोध्या वीरगन्जदेखि पश्चिममा पर्छ र राम नेपालका छोरा हुन् भन्दा उनलाई उल्लिबिल्ली पारिँदै छ । हामीलाई ओली महोदयको यो कुरा नयाँ लाग्नु स्वाभाविक हो । ठोरी गएर अध्ययन गरौँ न भन्नुभन्दा पनि हामीलाई ओली महोदयले अन्टसन्ट कुरा गरेर कालापानीको मु*द्दालाई कमजोर पारे भनेर गफ हाँक्न रमाइलो लागेजस्तो छ । म त भन्छु , केपी शर्मा ओलीले अयोध्याको दाबी गरेर इन्डियासँग यु-द्धको नयाँ मोर्चा खोले । बरु मलाई ड*र छ , कतै ओलीको यो दाबीले बाबरी मस्जिदको मु*द्दाले नयाँ मोड र हि-म्सात्मक रूप नलियोस्।