Butwal Sandesh

Best Nepali Online Newspaper

नेपालमा थप ३४ जनाले कोरोनालाई जितेर घर फर्के

Spread the love

काठमाडौंः नेपालमा मंगलबार थप ३४ जनाले कोरोनालाई जितेर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना सं*क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना सं*क्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार ३२८ पुगेको छ ।

त्यस्तै नेपालमा आज थप १ सय १६ जनामा कोरोना भाइरसको सं*क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय १६ जनामा कोरोना भाइरसको सं*क्रमणको पुष्टि भएको हो ।

योसँगै हालसम्म नेपालमा कुल १७ हजार ६१ जना कोरोना सं*क्रमित फेला परेका छन् । प्रवक्ता डा गौतमका अनुसार आज देशभर ४ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *