Butwal Sandesh

Best Nepali Online Newspaper

काठमाडौंमा टेम्पो सेवा संचालन शुरु

Spread the love

काठमाडौं । काठमाडौँमा हिजोबाट सार्वजनिक यातायातहरु सञ्चालन भएका छन् । केही यातायात व्यवसायीले सरकारसँग विभिन्न माग राखेर सेवा सञ्चालन गर्न नमानिरहेको समयमा केही सार्वजनिक यातायातहरु भने हिजोबाट चलेका हुन् ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेसंगै यातायात व्यवसायीहरु विभिन्न माग राखिरहेको बेला मयूर र संयुक्त यातायात प्रालि लगायतले सेवा सुरु गरेका हुन् ।

सरकारले बिहीबारदेखि सार्वजनिक यातायात खुलाउने भनेको पाँच दिनपछिमात्र यातायात चलेका हुन् ।

मयुर यातायात र सुन्दर यातायातले पुरानै भाडादरमा यात्रु बोक्ने निर्णय गरेर बस सञ्चालन गरेको छ भने आजबाट राजधानीमा ३ पाङ्ग्रे सवारीसाधन टेम्पो पनि सडकमा देखिन थालेको छ । – चौतारीडेलीबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *