Butwal Sandesh

Best Nepali Online Newspaper

टिकटक भिडियो बनाएरै महिनामा लाखौं रुपैयाँ कमाउछन टुइन्स प्रिज्मा र प्रिन्सी – कुराकानी भिडियोसहित

Spread the love

५ मिनेटको फरकमा जन्मिएका प्रिज्मा र प्रिन्सी खतिवडा टिकटकमा खुबै हिट छन् । उनीहरुको टिकटकमा लाखौं फलोअर्स छन् । टिकटकबाटै स्टार सेलिब्रेटीको दर्जा पाएका उनीहरुलाई अहिले म्यूजिक भिडियोमा खेलाउन गायक गायिकाहरुबीच हा*नाथाप हुने गरेको छ ।

उनीहरुलाई के विश्वास छ भने यी जुम्ल्याह दिदी बहिनीलाई अभिनय गराएपछि म्यूजिक भिडियोले बजार पिट्छ । यी दुईलाई चलचित्रबाट अभिनयको समेत प्रस्तावहरु आइरहेका छन् ।

तर, उनीहरु तत्काल अभिनेत्री बन्ने सोचमा छैनन् । नाच्न आएर मात्र अभिनेत्री नहुने उनीहरुको तर्क छ । उस्तै रुपरंग र शारीरिक बनावट भएका प्रिज्मा र प्रिन्सी ठूलो पर्दामा कहिले देखिन्छन्, धेरैका लागि प्रतिक्षा र चासोको विषय बनेको छ ।

यद्यपि, उनीहरु म्यूजिक भिडियोबाट दर्शकमाझ भने पुगिरहेका छन् । टिकटकबाट रातारात स्टार भएका यी सुन्दरी दिदी बहिनीले अहिलेसम्म एक दर्जन बढी म्यूजिक भिडियोमा कम्मर कमाइसकेका छन् ।

चलचित्र ‘लभ डायरीज’ को ‘छम छम’ बोलको गीतमा समेत नृत्य गरिसकेका प्रिज्मा र प्रिन्सी अहिले ‘यस्तो बनोस् मेरो तीज’ बोलको गीतका कारण चर्चामा छन् । यो तीज गीतले इन्टरनेट रिलिजको एक हप्तामा ११ लाख भ्यूज प्राप्त गरिसकेको छ ।

गीतको भिडियोमा प्रिज्मा र प्रिन्सीको नृत्य र सुन्दरतालाई दर्शकहरुले निकै रुचाएका छन् । भिडियोमा ‘बले’ नामले परिचित सागर लम्सालको पनि अभिनय छ । गायिका तथा संचारकर्मी अनिता चलाउनेको स्वर रहेको गीतमा बिपिन किरणका शब्द तथा दीपक शर्माको संगीत छ ।

गीतलाई दर्शकबाट मिलेको प्रतिक्रियाले गायिका चलाउने खुसी देखिएकी छन् । धेरै कमलाई थाहा छ, प्रिज्मा र प्रिन्सी खतिवडाले टिकटकमा भिडियो बनाएबापत पनि पारिश्रमिक बुझ्ने गरेका छन् ।

आखिर एउटा भिडियो बनाएको कति पारिश्रमिक बुझ्छन् त उनीहरु ? ठूलो पर्दासँगको अन्तर्वार्तामा उनीहरुले भनेका छन्, यति नै भन्ने छैन । हामीलाई फोन गरेर प्रमोसनल भिडियो बनाउन आग्रह गर्नुहुन्छ । सहमतिको आधारमा पारिश्रमिक लिने गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *