Butwal Sandesh

Best Nepali Online Newspaper

कुन अयोध्या सक्कली ? नेपालको कि भारतको ?? रामायणमा गरिएको छ यस्तो व्याख्या

Spread the love

काठमाडौं । द्वापर युगमा रघुकुलवंशी राजा दशरथ पुत्र रामको जन्म अयोध्यामा भएको थियो ।  हिन्दू धर्म दर्शन र रामायणका अनुसार भगवान विष्णुका १० अवतारमध्ये राम एक अवतार हो । रामको जन्म अयोध्यामा भएको र उक्त स्थान अहिले भारतमा रहेको हिन्दूधर्म मान्नेहरुले मान्दै आएका छन् ।

भगवान रामले वर्तमानमा नेपालमा पर्ने जनकपुरका राजा जनककी पुत्री सीतासँग विवाह गरेका थिए । त्यसकारण आधुनिक भारतको उत्तर प्रदेश राज्यमा पर्ने अयोध्याबाट वर्षेनी राम जानकी महोत्सबका बेलामा नेपालमा जन्ती आउने प्रचलन रहेको छ । जसलाई नेपालले र जनकपुरका स्थानीयले विषेश रुपमा स्वागत गर्ने गरेका छन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार द्वापर युगमा भगवान रामको जन्म अहिलेको भारतमा नभइ वीरगञ्ज नजिकको अयोध्या भन्ने स्थानमा भएको बताए । ओली भारतले अहिले नक्कली अयोध्या बनाएर सांस्कृतिक रुपमा नेपालमाथि अ*तिक्रमण गरेको आ*रोप लगाए ।

उत्तर प्रदेशमा अहिले रहेको भनिएको अयोध्याबाट त्यससमयमा जनकपुरमा विवाह गर्न सम्भव नभएको तर्क ओलीको छ । मोबाइल, इन्टरनेट लगायत केही पनि नभएको समयमा त्यति टाँढा कसरी राम र सिताबीच विवाह सम्भव छ भन्दै उनले प्रश्न गरे ।

ओलीको यस्तो अभिव्यक्ति सार्वजनिक भएसँगै नेपाल र भारतमा उनको चर्को आ*लोचना भइरहेको छ । केहीले भने भारतले तथ्यलाई तो*डमोड गरेर वीरगञ्ज नजिकको अयोध्यालाई उत्तर प्रदेशमा लगेको हुनसक्ने भन्दै आशं*का व्यक्त गरेका छन् । यस्तो आशं*का व्यक्त गर्नलाई भारतले यसअघि गरेका हर्कतहरुले भने सहयोग गरेको छ ।

नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा जन्मिएको बताएका थिए । भने भारतले नक्कली लुम्बिनी नै बनाएर गौतम बुद्धको जन्मस्थल भन्दै विश्वव्यापी रुपमा प्रचार गरिरहेको छ । त्यसैले अयोध्या प्रकरणमा पनि यस्तै भएको हुनसक्ने कतिपयले आकलन गरेका छन् ।

तर शताव्दिऔं देखि मानिदै आएको धार्मिक तथा सांस्कृतिक विषयमा प्रधानमन्त्री जस्तो व्यक्तिले हचुवाको भरमा हल्का टिप्पणी गर्नुलाई भने धेरैले राम्रो मानेका छैनन् । केही समय यता नेपाल भारतबीच बढिरहेको त*नावको व्यवस्थापनका लागि भारतसँग छलफल गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले छिमेकी मुलुकसँगको सम्बन्धलाई थप चिसो पार्न ‘फायर खोलेको’ रुपमा यसलाई राजनीतिक वृत्तमा हेरिएको छ ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष कमल थापा, नेकपाका नेता भीम रावल लगायतले प्रधानमन्त्रीको अभिव्यक्तिको वि*रोध गरेका छन् । भारतमा पनि प्रधानमन्त्री ओलीको भनाइले तरंग ल्याएको छ । भारतीय जनता पार्टीले ओलीको भनाइलाई लिएर असन्तुष्टि जनाएको छ भने अयोध्यामा साधु सन्तहरुले प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउन आफ्ना अनुयायीहरुलाई धर्मादेश नै जारी गरे ।

प्रधानमन्त्री ओलीले भन्दैमा प्राचिन समयदेखिको चलिआएको धार्मिक र सांस्कृतिक विषय परिवर्तन हुने होइन । तर प्रधानमन्त्री जस्तो व्यक्तिले पहिला अध्ययन अनुसन्धान र प्रमाण जुटाएर मात्र यस्ता विषयमा बोल्नु उचित हुने थियो ।

 

शास्त्रमा अयोध्या

हिन्दू धर्मशास्त्रहरुका अनुसार भारतको प्राचिन नगरमध्ये एक अयोध्या पौराणिक इतिहासमा पवित्र सप्त पूर मध्ये एक हो । जसमा मथुरा, मया(हरिद्वार), काशी, काँची, अवंतिका(उज्जयिती, द्वारिका र अयोध्या रहेका छन् ।

अयोध्यालाई प्राचीन सप्तुरमध्ये पहिलो स्थानमा राखिएको छ । अयोध्यालाई अथर्ववेदमा ईश्वरको नगर बताइएको छ र यसको सम्पन्नतालाई स्वर्गसँग तुलना गरिएको छ । स्कन्दपूराणका अनुसार अयोध्या शब्द ‘अ’ कार ब्रह्मा ‘य’ कार विष्णु तथा ‘ध’ कार रुद्रको स्वरुप हो ।

कसले स्थापना गर्‍यो अयोध्या ?

रामायणका अनुसार सरयू नदीको तटमा रहेको यो नगर विवस्वान(सूर्य) का पुत्र वैवस्वत मनु महाराजद्वारा स्थापना गरिएको थियो । ब्रम्हाका पुत्र मरीचिबाट कश्यपको जन्म भएको थियो । कश्यपका छोरा विवस्वान र विवस्वानका छोरा वैवस्वत मनु थिए । उनै मनु राजाले अयोध्याको स्थापना गरेका थिए । वैवस्वत मनुका १० छोरा थिए ।

इल, इक्ष्वाकु, कुशनाम, अरिष्ट, धृष्ट, नरिष्यन्त, करुष, महाबली, शर्याती तथा पृषध थिए । यसमध्ये इक्ष्वाकु कुलको धेरै विस्तार भएको थियो । इक्ष्वाकु कुलमा कयौं प्रतापी राजा, ऋषि रहेका थिए । इक्ष्वाकुलमा पछि भगवान श्रीरामले जन्म लिएका थिए । अयोध्यामा महाभारत कालसम्म यही वंशको शासन रहेको थियो ।

पौराणिक कथा अनुसार ब्रह्मासँग जब मनुले आफ्ना लागि एक नगर बनाउनेबारे कुरा गरे तब उनले विष्णु भएको स्थानमा लगे । विष्णुले उनलाई साकेत धाममा एक उपयुक्त स्थान बताए । विष्णुजीले यस नगरी बसाउनका लागि ब्रह्मा तथा मनुका साथ देवशिल्पी विश्वकर्मालाई पठाए ।

यसका अलावा आफ्नो रामअवतारका लागि उपयुक्त हुने स्थान खोज्नका लागि महर्षि वशिष्ठलाई पनि उनको साथमा पठाए । वशिष्ठले सरयू नदीको तटमा लीलाभूमिको चयन गरे जहाँ विश्वकर्माले नगरको निर्माण गरे । स्कन्दपूराणका अनुसार अयोध्या भगवान विष्णुको चक्रमा विराजमान रहेको छ ।

अयोध्या रघुवंशी राजाहरुको पुरानो राजधानी थियो । प्राचिन उल्लेखहरुका अनुसार यसको क्षेत्रफल ९६ वर्ग मील थियो । बाल्मीकि रामायणको ५ औं सर्गमा अयोध्या पूरीको वर्णन गरिएको पाउन सकिन्छ । वाल्मीकि रामायणको बालकाण्डमा बताइए अनुसार अयोध्या १२ योजन लामो र ३ योजन चौडाको थियो ।

बाल्मीकि रामायणको ५ औं सर्गमा उल्लेख गरिएको छ

”कोसल नाम मुदित: स्फीतो जनपदो महान।

निविष्ट: सरयूतीरे प्रभूतधनधान्यवान्।। (१/५/५)

अर्थात: सरयू नदी को तटमा संतुष्ट मानिसले पूर्ण धनधान्यबाट भरिएको उत्तरोत्तर उन्नतिलाई प्राप्त कोसल नामक एक ठूलो देश थियो । वाल्मीकि रामायणमा लेखिएको छ –”यही देशमा मनुष्यका आदिराजा प्रसिद्ध महाराज मनुको बसाई थियो  । तीन लोकमा विख्यात अयोध्या नामक एक नगरी थियो ।

भगवान श्रीरामपछि अयोध्यामा लवले शासन गरेका थिए भने कुशले एक पटक राजधानी अयोध्याको पुनर्निर्माण गरेका थिए । यसपछि सूर्यवंशले अर्को ४४ पुस्तासम्म यसको अस्तित्व बरकरार राखेका थिए ।

यही वंशका बृहद्रथ महाभारतमा अभिमन्यूको हातबाट मारिएका थिए । महाभारतको यु*द्धपछि अयोध्या उजाड बनेको थियो । श्रीराम जन्मभूमिको अस्तित्व लगभग १४ औं शताब्दीसम्म सुरक्षित रहेको इतिहास रहेको छ ।

भारतीय इतिहासकारहरुका अनुसार बृहद्रथपछि यो नगर मगधका मौर्यदेखि लिएर गुप्ता तथा कन्नौजको शासनमा रहेको थियो । अन्तमा यहाँ महमूद गजनीका भान्जा सैयद सालारले तुर्क शासानको स्थापना गरेका थिए । त्यसपछि बाबरले मुगल राज्यको स्थापना गरेका थिए र उसका सेनापतिले आ*क्रमण गरेर अयोध्यामा मस्जिद निर्माण गरेको इतिहास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *