Butwal Sandesh

Best Nepali Online Newspaper

धरान भानुचोकबाट लकडाउनपछि पहिलोपल्ट गुड्यो बस, भोकै म´रिने भइयो नचलाएर के गर्नु ? : मजदुर

Spread the love

धरानः धरानमा फाट्टफुट्ट गाडी (सार्वजनिक बस) चल्न थालेका छन् । राष्ट्रिय यातायात व्यवसायी महासंघले सरकारले तोकेको मापदण्डअनुसार यातायात सञ्चालन गर्न नसकिने निर्णय गरे पनि एउटा कम्पनीले भने सेवा दिन थालेको छ ।

प्रदेश नं. १ खाम्दाके यातायात प्रालिले बस सञ्चालनमा ल्याएको हो । सरकारले निर्णय गरेको दुई दिनपछि निरन्तररूपमा गाडी सञ्चालनमा ल्याइएको को१ख ४६२४ नम्बर गाडीका चालक चक्रबहादुर जिमीले जानकारी दिए । उनका अनुसार हाल चारवटा गाडी चलाइरहेको उनले बताए ।

सरकारले तोकेअनुसारको भाडा लिएर अहिले गाडी चलाइरहेको उनले बताए । ‘महासंघले के माग गरेको हो त्यो हामीलाई थाहा छैन, महासंघले गाडी बन्द गर पनि भनेर भन्दै आएको तर भोकै म*र्ने भएपछि नचलाएर के गर्नु भनेर चलाएका हौं ।’ उनले भने । उनले सुरक्षित तरिकाले गाडी सञ्चालन गरिरहेको उनले बताए ।

अहिले तेल हालेर गाडी चलाउँदा फाइदा नहुने तर यात्रुको लागि सहज हुने साथै मजदुरको पेट पनि पालिने हुनाले गाडी चलाउन थालिएको उनले बताए । कम्पनीको १७ वटा गाडीमध्ये चारवटा गाडी चलाउन थालिएको उनले बताए ।

विषम परिस्थितिमा जनताको सेवाबाट पछि हट्न नसुहाउने भएकाले सरकारी मापदण्डअनुसारै सेवा शुरु गरेको अर्का चालक महेश्वर कोइराला बताउँछन् । गाडीले हाल इटहरी, दुहवीसम्म सेवा दिन थालेको गाडीकै कन्डक्टर सुधिर श्रेष्ठ बताउँछन् । बस चढ्दा जोखिम बढ्न सक्ने भएकाले यात्रुलाई अनिवार्य मास्क, पन्जा र स्यानिटाइजरको प्रयोग गर्न उनीहरूले आग्रह गर्छन् । यात्रुलाई मास्क लगाउन अनिवार्य गरिएको छ । ढोकामा स्यानिटाइजर पनि राखिएको छ । चालक र सहचालकले पञ्जा पनि लगाएको उनले बताए । ‘अर्को कुरा बसमा जति भेटियो, सबै यात्रु लगाउँदैनौं, दुरी पनि कायम गरेका छौं ।’ उनले भने ।

सरकारले सार्वजनिक गाडी चलाउने निर्णय गरेपनि अधिकांश बस अझै ग्यारेजमै थन्किएका छन् । लकडाउनका कारण चैत ११ देखि बन्द यातायात क्षेत्र सरकारले ५० प्रतिशत यात्रु राखेर सुरक्षा मापदण्ड अपनाएर ५० प्रतिशतै बढी भाडा लिनसक्ने गरी खुला गरेको थियो । तर महासंघले भने सञ्चालन खर्च नै नउठ्ने भन्दै सेवा शुरु गर्न मानेको छैन । तथापी केही संस्थाले भने सेवा सञ्चालन गरेका छन् । सीमित संख्यामा टेम्पो, माइक्रोबस, मिनीबस चलेपनि अहिले यात्रुले चर्को भाडा तिर्नुपरिरहेको अवस्था छ । – हाम्रो कोशी आवाजबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *