Butwal Sandesh

Best Nepali Online Newspaper

मास्क लगाएरै आजको होली समाप्त

Spread the love

काठमाडौं–कोरोना भाइरस सं´क्रमणको त्रासका बीच उपत्यकासहितका विभिन्न स्थामा आज फागु पूर्णिमा(होली) मनाउने कार्य जारी छ ।

कोरोनाको त्रा´स र प्रशासनको आग्रह अनुरुप काठमाडौं उपत्यकामा यसपटक होली शान्त देखिएको छ ।

गत वर्षहरुमा जस्तो सडकहरुमा रंगले पोतिएका र समूहगत रुपमा होली मनाउने मानिसहरुको संख्या निकै कम देखिएको छ ।

यद्धपी राजधानीको बसन्तपुरमा भने होली मनाउने स्वदेशी तथा विदेशीको संख्या उल्लेख्य देख्न सकिन्छ ।

होली मनाउन सडकमा निस्किएकाहरु मास्क लगाएर होली खेलिरहेका पाउन सकिन्छ ।

विश्वभर कोरोना भाइरसको सं´क्रमण बढ्दै जाँदा र नेपाल पनि उच्च जो´खिममा रहेपछि कोरोनाबाट जोगिन सतर्कता अपनाइएको उनीहरुले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *